Websoft University

एस.पि.असफल का (५) गजलहरू


एस.पि.असफल का (५) गजलहरू
१)गजल
स्वतन्त्र गजल …………………… कोईलि बसि सधैं गाउने डाली मन पर्यो ।। मेरो गजलमा उसले दिने तालि मन पर्यो ।। दिनहुँ धाउदाँ धाउदै आजकाल भट्टिमा तेहि भट्टिकि साहुनी काली मन पर्यो।। मेरै लागि साचि उसले राखेकि पो होकि उसको सिउँधो मलाई ता खालि मन पर्यो ।। नसालु ती नयन अनि मिलेको त्यो शरीर गुलाबि ओठमा लगाएको लालि मन पर्यो ।। एस.पि.असफल लाई दुनियाँमा सबै भन्दा पिडामा नि मुस्कुराउने भट्टिवालि मन पर्यो ।।

२)गजल
उसले दिएको पीडा भुल्न मदिरा पिएर आए ।। चिनो दिएको जाले रुमाल फिर्ता लिएर आए ।। उ बिना बाच्न गाह्रो हुदो रहेछ,तैपनि बाच्न त सकिने रैछ भन्ने उदाहरण दिएर आए।। मनको पीडा भुलि अरुको खुसिमा रमाउने भट्टिकि साहुनी शीत यो मन सिएर आए ।। आफ्नैले दिएको चोटको पीडा गहिरो हुदोरैछ फलाम सरि आफ्नै खिया बाट खिएर आए ।। घरिघरि किन आउँछ भट्टिमा भन्दा हुन कोहि म जस्ता धाईते मुटु यहाँ अरु पनि थिएर आए।।

३)गजल
जबर्जस्ती हुदैन माया,किन मन डुलाउछेउ ।। उसलाई पनि ठिकै ,मलाई पनि भुलाउछेउ ।। के छ तिम्रो मनमा ,थाहा पाउ म कसरी न मन देखाउने ऐना छ न तिमिले खुलाउछेउ ।। केटि खोज्दै घरमा हिड्नु भाछ बाबा,म के गरु निधो केही दिन्नउ खालि मलाई झुलाउछेउ।। जिस्किदै र मस्किदै भंमराहरु लाई लोभाउदै एउटा प्रेमको फुल कतिको मनमा फुलाउछेउ ।। मन्दिरको प्रसाद होइन माया कतिलाई पुग्छर सोच है बेलैमा नत्र प्रेमिको सङ्ख्या चुलाउछेउ ।।

४)गजल
नत म उनको हुनसके न उनि मेरि भईन ।। म सुकेको बगर,उनी बगिरहेको भेरि भईन ।। न सम्झेर केही पाए , न उनलाई भुल्नै सके नत उ प्यास ,न प्यास मेटाउने पधेरि भईन ।। सम्झना मै रह्यो उनको माया मेरो लागि न बाटो देखाउने जुन न बिर्साउने अधेरी भईन ।। न हटाउने सके उनलाई मनबाट,न बसाउन म घरको आगनि भए उनी चाहिँ मझेरि भईन ।।

५)गजल
मायाले मात्रै पुग्दैन सुनको बाला चाहियो भन्छे ।। गोजि भरि गाँठ भएको पैसा वाला चाहियो भन्छे ।। यो खाडिको कमाईले नपुग्ने भो साथि तिर्खा लाग्दा पानी हैन मधु प्याला चाहियो भन्छे।। कसरी हो पुराउने खोइ उसका मागहरु घर सजाउन मलाई बाघको छाला चाहियो भन्छे ।। उसको ईच्छा चाहानाले तनाव मात्रै भाछ रेखा थापाले लाउने जस्ता टाला चाहियो भन्छे ।।
एस.पि.असफल भाटखोला ९ स्याङ्जा हाल : बिरानो मुलुक
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget