संचारकर्मी श्रेष्ठको म्युजिक भिडियो सार्बजनिक ( भिडियो सहित )
केही म्यूजिनक भिडियो निर्माण गरीसकेका उनले पछिल्लो समय आफै म्यूजीक भिडियोमा अभिनय गरी मोडलीग तर्फ प्रवेश गरेका हुन । गायक सुगम पोखरेलको संगीत रहेको बिल्कुलै नयाँ गीतको भिडियो युटुब मार्फत रिलिज गरिएको छ।
मोफसलका गायक नितिन गजुरेलको आवाज रहेको ‘एउटा छायाँ, बोलको गीतमा गायक सुगम पोखरेलको सुमधुर संगीत रहेको छ। मोडल प्रतिकको साथमा आस्नाको अभिनय रहेको यस भिडियो भुपेन्द्र तुम्बाहाङ्ग्पेले छायांकन गरेका हुन् भने प्रतिक श्रेष्ठ आफैले सम्पादन गरेका हुन्।
मोफसलमै खिचिएको यस गीतमा निर्देशक निरञ्जन लुइँटेलले आधुनिक शैलीको मिठो प्रेमकथा प्रस्तुत गरेका छन् ।