Websoft University

दीपेन्द्र कुमार न्यौपानेका (५) गजलहरू


दीपेन्द्र कुमार न्यौपानेका (
) गजलहरू
१) गजल
बहर मुतकारिब सुसम्मनसालीम
सुत्र = १२२ १२२ १२२ १२२
भयानक छ घटना घटेको थियोे रे । त्यहाँ दुश्मनी झन् बढेको थियो रे । बिहानै उज्यालो हुँदा हूल अायो त्यहाँ बम र बारुद चलेको थियोे रे । हजारौं सिकिस्तै भए गाउँघरमा सयौं जति त्यहीं नै मरेको थियोे रे । कसोरी घट्यो किन लडे सोध्न खोज्दा नबोली अटेरी बनेको थियोे रे । हरे दैव कस्तो सरम लाग्छ देख्दा बिना दोष जनता फसेको थियोे रे ।
२)
गजल
केही गरौ धन्दा भने निर्भर छ मालीमा
साहू महाजनको सधैं हालीमुहालीमा
अाफ्नो रगतका साथमा खेलेर गर्छौ श्रम
उपहार घतलाग्दो मिलेको हुन्छ गालीमा
जाने भयो यो मेहनत हामी श्रमिक सबको
पानी नपाई सुक्न लाग्यो धान बालीमा
केही गरी राम्रो भो भने सरकारले मात्रै
सम्मान दिन्थ्यो हुन्छ त्यो वा वा र तालीमा
नेपालमा खानै नपुग्दा क्यै बिदेशीए
पर्दा फसे भरमा बिदेशी त्यो दलालीमा
बहर :- रजज अहज
रुक्न :-२२१२ २२१२ / २२१२ २२
(मुस्तफ्इलुन् मुस्तफ्इलुन् /मुस्तफ्इलुन् फैलुन्)
विश्राम :- ८/६

३)
गजल
बहर मुतकारिब सुसम्मनसालिम
मात्रा १२२×४ (iss iss iss iss)
म जादै छु फर्की बिरानो सहरमा
यहाँ क्यै नि गर्नै नसक्ने ठहरमा
खुशी देख्नलाई बरू दुःख काट्छु
यही सोच अायो र मेरो लहरमा
बिरानो मुलुकमा खुशी पाइदैन
बरू होस जीवन सडकमा नहरमा
बढेको पढेको जनम ठाउँ छोडी
गए बाध्यताले कहाँ हो रहरमा
लिएको छु अाफै निधो जानु पर्छ
म लाग्दैन पक्कै कसैको कहरमा

४)
गजल
मेरो एकोहोरो चल्ने धड्कन बदलियो
सधैं माया गर्छु भन्ने यो मन बदलियो
निश्चल माया गरेको थिएँ आफु भुलेर
यति माया गर्ने मेरो जीवन बदलियो
तिमीलाई मात्र हेर्न रुचाउने यी अाँखा
सोच्दै छु अाज कसरी लोचन बदलियो
तिमीले गरेको बानी ब्यवहारले गर्दा
खुल्ला आकाश भित्रको गगन बदलियो
गरिबको कारणले भेदभाव गर्यौ र
मैले खाएको बाचा र बन्धन बदलियो
मात्रा १५
बिश्राम ८

५)
गजल
बहर - मुक्तजीब
२२२१ २२१२ २२२१ २२१२
चाँदी साथमा भैदिए मोती खोज्न थाल्ने थियौं
भेट्टाए झटारा सहज तारा सब् खसाल्ने थियौ
यो संसार कस्तो अहो कस्ले बुझ्न सक्नेछ र
छन् मान्छेहरू स्वार्थमा पीडा नत्र टाल्ने थियौं
कस्को छैन होला लुगा राम्रो लाउने चाहना
चाहेको मिलेको भए जोगी बन्न थाल्ने थियौं
राम्रो काममा ध्यान का हाम्रो जान्छ मात्रै गलत
शोषण गर्नलाई भए छिट्टै पाउ चाल्ने थियौं
हामी पूर्ण कैल्यै हुने छैनौं लिप्त लालच भए
क्य‌ै ठूला बडा भैदिए झन् फुर्ती निकाल्ने थियौं
दीपेन्द्र कुमार न्यौपाने
खरिगैरा 7 दैलेख
हाल गूजरात भारत
मोबाईल नः 0091999870924
नेपाल का लागि 9848196880
ईमेल [email protected]
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget