Websoft University

गजलकार सपना घिमिरेका (५) गजलहरू


१.गजल
थोरै मात्र बुझिन्छ आँखाको नानीबाट ।।
सबै थोक बुझिन्छ उसको बानीबाट ।।
घरमा आगो निभाउन आएको दमकल 
आफैं खरानी हुदैछ मेरो जवानीबाट ।।
बिना अनुमती मेरो मुटु चोरि भएथ्यो
मध्यरातमा सुस्तरी आफ्नै सिरानीबाट ।।
बुद्ध भन्दा हिटलर बन्न रहेछ फाइदा
यहि नै बुझेकी छु आज राजधानीबाट ।।
सुतेको मानिस उठाएर गोलि चलायो
उसले सिकेको हुनुपर्छ खानदानीबाट ।।


२.गजल
कालो नबनाई रातो अबिर कस्ले बनायो ??
मेरो मनको मान्छे आखिर कस्ले बनायो ??
दिलमा बस्छन् अनि देउता भन्छन् फेरि
अरे पत्थरको यो मन्दिर कस्ले बनायो||
चामल भन्दा सस्तो नुन भन्दा पनि सस्तो
हामी मजदुरहरुको शरीर कस्ले बनायो ??
पछिपछि कुद्ने सारा थिए हिडाई देखेरै
अचेल मेरो चाललाई स्थिर कस्ले बनायो??
मध्यरातमा मन मुटु चस्स चस्स हुने गरी
भन्नुस् न सपनालाई गम्भीर कस्ले बनायो??


३.गजल
स्वास्थका लागि बाग्मती हानिकारक छ ।।
हत्यारालाई आरती हानिकारक छ ।।
तिमिबाट मैले यत्ती मात्रै सिकेकि छु
मेरा लागि पिरती हानिकारक छ ।।
प्रदेशबाट श्रीमान घर आए जब देखि
श्रीमतिलाई आफ्नै पति हानिकारक छ ।।
प्रेम रोगीहरुलाई प्रेमले नै निको बनाउँछ
त्यसैले भनिन्छ ओखति हानिकारक छ ।।


४.गजल
अस्ति हसाएर गयौ हिजो रुवाएर ।।
गयौ आज मलाई पागल बनाएर ।।
न नयाँ बस्ती बनाउछ सरकारले
सुन्य बनायो पुरानो बस्ती ढलाएर ।।
जानाजानी ठुलो भुल गरेछु मैले
उपहार भनी उसलाई मुटु पठाएर ।।
अचेल मान्छेहरु यसरी प्यार गर्दैछन्
भाग्यमा नहुनेलाई दिलमा सजाएर ।।
म मृत्युको मुखमा हुँदा आफन्तहरु
खुसी साटि रहेछन् उत्सब मनाएर ।।


५.गजल
कसरी हुन्छ होला प्यार तिमी नभए ।।
हुँदै हुदैन मेरो घरबार तिमी नभए ।।
देशकै ताला-चावी छ की तिमीसंग ?
रोकिन्छ मन्त्रीको सवार तिमी नभए ।।
आज राती सपनिमा कसैले भन्यो
के रह्यो र बाँच्ने आधार तिमी नभए ।।
राजनीति गरेर यो कुरा थाहा पाएँ
देश चल्दैन अब सरकार तिमी नभए ।।
बा बाट मेरो अस्मिता लुटिन खोज्दा
कसले गर्लान् खबरदार तिमि नभए ।।


सपना घिमिरे
दर्बुङ्ग गोरखा
हाल काठमाडौ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget