डाँफे राख्दै गुगलले मनायो नेपालको गणतन्त्र दिवस
देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्रनो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ ।
नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा डाँफे राख्दै नेपालप्रति सम्मान प्रकट गरेको छ ।
गुगलले आफ्नो डुडल पेजले आजका दिन सारा नेपालीलाई गणतन्नत्र दिवसको शुभकामना दिँदै सुख समृद्धिको कामना समेत गरेको छ । उसले नपालमा पाइने डाँफेले नेपालको सुन्दरता प्रष्ट हुने उल्लेख गरेको छ ।
नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् । प्रयोगकर्ताले यसलाई सामाजिक संजालमा सेयरसमेत गर्न सक्छन् ।