Websoft University

एलिसा पौडेलका ५ गजलहरू





एलिसा पौडेलका ५ गजलहरू
गजल,,,,, (१)
फूल टिपि ढुङ्गे भगवानमा राखेकी छु काँडाहरु संगाली बगानमा राखेकि छु मेरो दिल दिल हुँदा धेरैले दुखाइदिए त्यसैले आज दिल चट्टानमा राखेकी छु थाहा छैन त्यो देशमा रावण छ या राम जो हुन्, यो शरिर वायुयानमा राखेकि छु आत्मैदेखी माया गर्ने आमा हुँ म त्यसैले आफ्नो सारा जिन्दगी सन्तानमा राखेकी छु
गजल,,,,, (२)
मेरो ओठका अझै डाम ती तिम्रा हातमा होला मुटु दुख्ने यादका लाम अधेँरी रातमा होला नियति ले विछोड हुन बाध्य पारे पनि प्रिय तिम्रो मेरो अमर नाम केत्तुके पातमा होला सुन्छु भट्टि घर भो बोत्तल जीवनसाथि तिम्रो मलाई भुलाउने काम रक्सीको मातमा होला के गरि पो सहँदैछौ नानाथरी आरोप हरु भित्र छुरी बाहिर राम शत्रुको बातमा होला तिमीपनि चिस्सिराख मनि चिस्सिराख्छु प्रितम यही मायाको तातो घाम अर्को प्रभातमा होला
गजल,,,,, (३)
महल बन्दैन मात्र बालुवाहरुले सही कुरा सिकाएकाथे बुवाहरुले मृत्युको याचना पो गरेको सुन्दैछु म अस्पतालमा बिरामी कुरुवाहरुले भ्यागुताले समुन्द्र ताक्नुको रहस्य छ त्यसको तिर्खा मेटाएन कुवाहरुले सहरमाझैँ चौरासी व्यन्जन पाइन्न गाउँको पेट भर्छ ढिँडो पुवाहरुले हलोले मात्र खेत जोत्दैन बुझ्नुहोला साथ नदिएसम्म गोरु जुवाहरुले

गजल,,,,, (४)
भएपनि अग्लाअग्ला धुरी सहरतिर छ मान्छेको कैयन् मजबुरी सहरतिर एेंचोपैचो चलन छैन सर- सापटको अभावका चल्छ आँधीहुरी सहरतिर मन्दिरमस्जिद अनि गुम्बाचर्चहरु छन् छ मान्छेको भक्ति देखि दुरी सहरतिर कहिले को घाइते हुन्छ पत्तै पाइँदैन आँखा बाटै चल्ने गर्छ छुरी सहरतिर जताततै झिलिमिलि मनभने अँध्यारो खुसी छैन 'मोटु' तिम्री 'लुरी' सहरतिर


गजल,,,,, (५)
कोही गोरो कोही मान्छे कालो आउँछ आउँछ पक्का सबैको पालो आउँछ जीउ ढाक्ने कपडा सस्तैमा पाइन्छन् महङ्गो मुल्यमा मात्र टालो आउँछ बाघले बाख्रा उछिट्याइ सकेपछि हार गुहार गर्दै गोठालो आउँछ यो के अचम्म भईरहेको छ यहाँ चोट दिनु अगाडि अङ्गालो आउँछ अचेल रुँदा कसैले वास्तै गर्दैनन् सानामा भन्थे रोए बिरालो आउँछ
एलिसा पौडेल नुवाकोट हाल काठमाडौं
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget