जन्म र मृत्यु मनपरी बनाएर देखा बिज्ञान।
यि मान्छेहरुलाई अजम्बरी बनाएर देखा बिज्ञान॥
मलाई केहि चाहिएको छैन त्यो निष्ठुरीको पलपल
यादै नआउन अौषति केहि गरी बनाएर देखा बिज्ञान॥
कृतिम रिमोटमा चल्ने त्यो रोबटले पनि
अब महशुस गरोस न थरथरी बनाएर देखा बिज्ञान॥
मलाई असाध्यै हेर्ने रहर छ चमत्कार तेरो हाे
शिशिरमा फुल्ने मन्जरी बनाएर देखा बिज्ञान
२)गजल
पहाड मैदान हुनेछ समए आएपछि । ।
बालक जवान हुनेछ समए आएपछि । ।
अब नकाब उत्रिनेछ तिम्रो चेहेरा बाट
सही पहीचान हुनेछ समए आएपछि । ।
बुढाभए भधेर बा आमा निकाल्यौ भने
घर सुनसान हुनेछ समए आएपछि । ।
कतिन्जेल सिमित राख्न सक्छौ गर्भ मै
सत्य भित्ताको पनी कान हुनेछ समए आएपछी । ।
दुनिया अपरिचित छ तिम्रो यर्थात बाट
गहिरो चिनजान हुनेछ समय अाएपछि ।।
३)गजल
अनेक टुनामूना छरी भन्लिन तिम्री आमाले । ।
एककोहोरो पागल गरी भन्लिन तिम्री आमाले । ।
सानु म पाईन्टमा हिड्दा तिम्रो घरमा बूहारी
संस्कार नभएकि परी भन्लिन तिम्री आमाले । ।
मुखै चलाउछे एउटा काम गर्ने ढङ्ग छैन
फेसनै गर्छे नानाथरी भन्लिन तिम्री आमाले । ।
घर परीवार छोडि मलाई साथ दिदा तिम्ले
छोड्यो छोराले कठैबरी भन्लिन तिम्री आमाले । ।
४)गजल
महल सामु झूपडी के ठट्टा गर्नु हुन्छ यार। ।
लगाएर हतकडी के ठट्टा गर्नु हुन्छ यार । ।
तुलना गर्छु भन्दै राजधानिको छेउमा
दाज्न सूदूरको धनगडी के ठट्ठा गर्नु हुन्छ यार । ।
चौबिस बन्ञ्जन भन्दै भोजमा बोलाईकन दिदा
थालमा खिचडी के ठट्ठा गर्नु हुन्छ यार । ।
भागबन्डा बराबर हुनुप र्ने मेरो कम
तपाईको बडी के ठट्टा गर्नु हुन्छ यार । ।
समय थाहा छैन भनि हिड्नु भएको हजुर
हातमा बाँधेर घडी के ठट्टा गर्नु हुन्छ यार । ।
अाकास छुन्छु भन्दै हात लम्काउनु भयकाे छ
धुरि माथि चढि कस्तो ठट्टा गर्नुहुन्छ यार ।।
५)गजल
महल सामु झूपडी के ठट्टा गर्नु हुन्छ यार। ।
लगाएर हतकडी के ठट्टा गर्नु हुन्छ यार । ।
तुलना गर्छु भन्दै राजधानिको छेउमा दाज्न
सूदूरको धनगडी के ठट्ठा गर्नु हुन्छ यार । ।
चौबिस बन्ञ्जन भन्दै भोजमा बोलाईकन
दिदा थालमा खिचडी के ठट्ठा गर्नु हुन्छ यार । ।
अधिकार बराबरभय भागबन्डा बराबर हुनुप र्ने
मेरो कम तपाईको बडी के ठट्टा गर्नु हुन्छ यार । ।
समय थाहा छैन भनि हिड्नु भएको हजुर
हातमा बाँधेर घडी के ठट्टा गर्नु हुन्छ यार । ।
अाकास छुन्छु भन्दै हात लम्काउन भाछ
धुरिमाथि चढि कस्तो ठट्टा गर्नुहुन्छ यार ।।
ऋतु प्रियशि लम्कि कैलाली