Websoft University

कसरी विकसित भयो गर्मीमा सरबत बनाउने कला

मलाई एउटा सूर्य देऊ, जतिसुकै गर्मी होस् । सरबतको मलाई कुनै प्रवाह छैन, यो कति चिसो छ, त्यो पनि मलाई प्रवाह छैन, मेरो स्वर्ग त्यति नै सजिलोसँग तयार भएको हो, जति तपाईंको फारसी । सन् १८१३ मा लर्ड बायरनले आफ्नो इस्तानबुल यात्राका बेला बोलेका अभिव्यक्ति हुन् यी ।
सरबत फारसी शब्द हो, यसको अर्थ हो, पिउनलायक तरल पदार्थ । संसारको जुनसुकै ठाउँ, जहाँ गर्मी हुन्छ, त्यहाँ सरबत पिउने चलन नयाँ होइन । केही समयअघिसम्म नेपाललगायत दक्षिण एसियाली मुलुकमा पाहुनालाई पहिले चिसो सरबतको गिलासले स्वागत गरिन्थ्यो । स्कुलबाट फर्केको बच्चा, शरीरलाई ताजगी राख्न उसलाई पहिले सरबत दिइन्थ्यो । अहिले सरबतको स्थानमा कृत्रिम पेय पदार्थ र जुस निस्केको छ । गर्मी स्थानमा तापमान ४४ डिग्रीमाथि हुनेवित्तिकै बजारमा केही रसिला फलफूलहरू देख्न पाइन्छ । ती फलफूललाई चिसो दूध वा पानीमा मिसाएर चिसो पेय पदार्थ तयार गरिन्छ । यो सरबतले गर्मीमा प्यास त मेटाउँछ नै औषधीय महत्वको पनि हुन्छ । यसले इन्जाइम, खनिज र भिटामिनसँग रगत बढाउन सहयोगीको भूमिका निर्वाह गरेको हुन्छ ।
यो सरबत बनाउने कला दक्षिण एसियामा कसरी विकसित भयो, निक्कै चाखलाग्दो विषय छ । प्राचीन भारत वर्षमा सरबतलाई पनाका भनेर बुझिन्थ्यो । यो फलको रसबाट बन्थ्यो । यसको सूत्र शास्त्र, पुराण र अन्य धार्मिक ग्रन्थबाट प्राप्त भएको हो । अर्थशास्त्रमा सरबतलाई मधुपराकाको रूपमा व्याख्य गरिएको छ, जसको घरमा पाहुँना आउँछन्, उसको स्वागत दही र घिउबाट हुन्छ । पाँच महिनाको गर्भवतीलाई पनि यो पेय पदार्थ दिइन्थ्यो । यतिसम्म कि जागिरको खोजीमा घरबाट निस्केको विद्यार्थीलाई समेत यो मधुपरा दिइन्थ्यो । विवाहका लागि केटो केटी हेर्न घर पुग्छ, अनि विवाहपछि दुल्हन फर्काएर ल्याएपछि पनि घरमा छिर्नुभन्दा अघि उनीहरूलाई मधुपरा खुवाइन्छ । अर्थात् हरेक शुभकार्यको थालनी मधुपरा अर्थात् सरबत खुवाएर सुरु गरिन्छ ।
दक्षिण एसियामा सरबत बनाउने कला मुगलकालीन समयबाट फैलिएको हो । सरबत बनाउने बेग्लाबेग्लै तरिका छन् । सम्राटका लागि बास्नादार सरबत तयार गरिन्थ्यो । दरबारमा हाकिमको भूमिका महत्वपूर्ण हुन्छ । हाकिमले सरबतबाटै सम्राटको स्वास्थ्यको ख्याल राख्छन् । भनिन्छ, महारानी नूरजहाँले भारतमा गुलाब सरबत बनाउने चलन सुरु गरेकी हुन् । यसबारे कथा पनि रोचक छ ।

गर्मीको एक साँझ सम्राट जहाँगीर महारानी नूरजहाँसँग गुलाबको बगैंचामा टहलिरहेका थिए । बगैंचामा गुलाब र सुन्तलाको रंगसँग क्षितिज विस्तारै कालो हुँदै गइरहेको थियो । जति साँझ ढल्किँदै जान्छ, त्यति नै गुलाबको बास्ना फैलिँदै थियो । त्यहीबेला महारानीलाई फारसमा बनेको बास्नादार सरबतको याद आयो । त्यो बास्नादार सरबत प्रत्येक दिन दिइन्थ्यो । गुलाब आफ्नो सुगन्ध फैलाइरहेको थियो, त्यहीबेला महारानीको दिमागमा किन यसलाई सरबत नबनाउने चेतना आयो । त्यो नै दक्षिण एसियामा सरबत बनाउने सुरुवात थियो । यसभन्दा अगाडि चिकित्सकले विरामीलाई सरबत बनाएर खुवाउँथे । त्यतिबेला भारतमा गुलाब सरबतको आफ्नै महत्व थियो । महारानी नूरजहाँको चासो देखेर हाकिमले शाही परिवारका लागि केही बास्नादार मिठाई तथा अमिलो पेय पदार्थ हालेर सरबत बनाउन थाले ।
अमिलो पिरो जसमा पुदिनासमेत हालिएको हुन्छ, त्यो सरबत फारसी परिवारको अभिन्न अंगजस्तै बनेको हुन्छ । उनीहरू त्यो सरबतलाई शिकन्जवीन भन्छन् । पछि पानी र बरफ हालेर सरबत तयार पार्न थालियो । पश्चिमी देशमा सोडा र पानी मिलाएर सरबत बनाइन्छ । धेरै अगाडि फारसमा शिकन्जवीनले नै पोलियोको उपचार गरिन्थ्यो । जबसम्म विरामी ठीक हुँदैन, तबसम्म शिकन्जवीन खुवाइ राखिन्थ्यो । मध्यपूर्वमा गर्मीका लागि तयार पारिने पेय पदार्थमा दहीको प्रयोग हुन्छ । टर्की, लेबनान, सिरिया र जोर्डनमा दहीबाट बनेको पेय पदार्थलाई टेन, आर्येन अथवा डो भनिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget