Websoft University

चिनकाे एउटा यस्ताे गाउँ जहाँ १० बर्षदेखी एकजना मात्रै बस्दै अाएका छन


एजेन्सी / एक्लै बस्नुपर्दा मानिसहरुले तनाव, एक्लोपन तथा त्रास महसूस गर्छन् । तर एक चिनियाँ व्यक्ति पछिल्लो १० वर्षदेखी सिंगै गाउँमा एक्लै बस्दै आइरहेका छन् ।
चीनको दुर्गम गाउँ छुइनसानसिमा लिउ सेनगाइजा एक्लो छन् । एक दशकअघि उनकी आमा र भाईको निधन भएपछि उनी यहाँ भेडा चराउँदै बस्छन् ।कुनै समय छुइनसानसिमा २० परिवारको बसोबास थियो ।
तर बिस्तारै सुविधाको अभाव भएका कारण यहाँबाट मानिसहरु साना तथा ठूला शहरतर्फ बसाई सर्न थाले । कामको खोजीमा मानिसहरु बाहिरिदैँ जादाँ सन् २००६ सम्ममा यस गाउँमा लिउ सेनगाइजाको परिवार मात्रै बाँकी थियो ।  उनका भाई तथा आमाको पनि निधन भएपछि उनी एक्लो भए । तर उनले गाउँ छाडेनन् ।
उनी भन्छन् : सुरुआतमा गाउँमा एक्लै बस्दा मलाई धेरै दुख लाग्थ्यो । जंगली कुकुरहरु कराउँदा राती म सुत्न सक्दैन थिएँ । तर केही समयपछि मैले भेडा पाल्न थाले । अहिले उनीहरु नै मेरा साथी हुन् । म एक्लै बस्दा रमाउँछु ।बिभिन्न अनलाइनहरूबाट साभार
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget