Websoft University

पिपलकाे रूखलार्इ देवता मानेर पुजा गरिन्छ किन ?

शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ। धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ। पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन्, र पछि लक्ष्मी आइन। अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन। यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष (बासस्थान) पिपलको वृक्षमा बस्ने आदेश दिए र भने यहाँ तिमी आराधाना गर। म समय-समयमा तिमीलाई भेट्न आइरहन्छु साथै देवी लक्ष्मीले पनि भनिन, म प्रत्येक शनिबार तिमीसँग भेट्नको लागि पिपल वृक्षमा आउने गर्छु।

भनिन्छ यही कारण शनिबारका दिन श्रीविष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बस्ने गर्दछन्। त्यसैले शनिबारको दिन पिपलको वृक्षको पूजा गर्नु, बत्ती बाल्नु तथा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ। साथै धन धान्यको पनि वृद्धि हुन्छ भन्ने विश्वास छ। भक्तजनको यही विश्वासका कारण नै शास्त्रमा पिपललाई देव वृक्ष भनिएको छ।
गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन। श्रीकृष्ण भन्छन्, ‘अश्वत्थ: सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ।
शास्त्रमा भनिएको छ कि ‘अस्वत्थ: पूजितोयत्र पूजिता: सर्व देवता:’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ। वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ। किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ। पिपलबाट सधैं अक्सीजनको संचार हुन्छ। आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ। यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ।
भनिन्छ कि चाणक्यको समयमा सर्पको विषको खतराबाट बच्नको लागि ठाउँ ठाउँमा पिपलको पात राखिन्थ्यो। पानी शुद्ध गर्नको लागी पनि जलपात्रमा ताजा पिपलको पात राख्ने प्रथा प्राचीनकाल देखि नै चलि आएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget