विश्व मल्ल समर्पित(बिमस)का ५ गजलहरू
गजल,,,,, (१)
वर्ण:२×७,,,,,,,,,
विश्राम:२×४ अक्षरमा,,,,,,,,
अर्कै सँग सुख-दुख , साटे- पछि आयौ।।
डोली चढी पारी डाडा,काटे-पछि आयौ।।
देकै थिए मुटु झिकि , मैले तिमी-लाई।
छिया-छिया तेही मुटु,फाटे-पछि आयौ।।
धेरै- धेरै टाढा गयौ , उडी चरी जस्तै।
हामी बस्ने रुख ढाली,छाटे-पछि आयौ।।
भन्थ्यौ तिमी तिम्रा लागि,बिषै पिई-दिन्छु।
काल आई प्राण लान , आटे - पछि आयौ।।
अर्कै सँग सुख-दुख , साटे- पछि आयौ।।
डोली चढी पारी डाडा,काटे-पछि आयौ।।
गजल (२)
आफ्नो मन भित्रको , पबित्र मन्दिर त्यो भत्काएर।।
के पाप पखालिन्थ्यो , दिनहु-दिन दियो जलाएर।।
कसरी महलमा बस्न,सके होलान छोरा-छोरी।
घरका बुडा बाबू आमा , बृद्ध आश्रम पठाएर।।
कसैले सुनको मुर्ति, बनाएर धर्म प्रदर्शन गर्दै थियो।
केनै पो हुन्छ र बिचरा, उस्ले बाटो-घाटो बनाएर।।
आजकल त प्रेम गर्नेहरु पनि,बिक्छन पैसामा ।
केही काम छैन,धोकेबाजलाई मनमा सजाएर।।
म अचानोले जस्तै चोट सहेर भौतारी रहेछु।
मेरै आफन्तले खुब, ताली बजाए रमाएर।।
गजल (३)
"मन" मुटुमा सर्छु,सरिरहन्छु॥
तिम्लाई माया गर्छु,गरिरहन्छु॥
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
ति अध्याराहरु हटाउछु अब।
प्रेमको ज्योति छर्छु,छरिरहन्छु॥
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
हात समाउछु अनि दिन्छु साथ।
जीबन सँगै तर्छु,,,,तरिरहन्छु॥
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
हास्यौ भने हाँसिदिन्छु रोयौ भने।
आँसु बनेरै झर्छु,,,,,झरिरहन्छु॥
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
बिषनै दिए पनि पिउछु पक्कै।
तिम्रै भरमा पर्छु,,,परिरहन्छु॥
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
बलियो धार बनाउछु तिमीलाई।
जितनै जित भर्छु ,,,,,,भरिरहन्छु॥
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
तिम्रो भएनछु भने,,पनि यदि।
तिम्रो लागिनै मर्छु,मरिरहन्छु॥
गजल (४)
मैले साथी खोजी राछु सधै बाँच्न सिकाउने।।
हात दिई साथ दिई सँगै जीवन् बिताउने।।
पोल्छ छाति दुख्छ मुटु कसोरी पो बाचु भन।
झर्छ आँसु आखाबाट जिन्दगीनै भिजाउने।।
धेरै हिडे लामो यात्रा थाकि सके अब त म।
कहाँ होला चौतारी त्यो मन्को भारी बिसाउने।।
एउटै छ चाहा अब बाकी यहाँ "बिमस" को।
जहर् पिई काल सँग नजर यो मिलाउने।।
गजल (५)
गोलीले झै लाग्ने उस्को नजर रहेछ।।
म ढली हाले नयनमा जहर रहेछ।।
उस्को दीलको बगानमा हराएछु ।
तेहा त स्वर्गको नौलो शहर रहेछ।।
यात्रा गर्दै छु रगत बनी नसामा।
प्रेम भनेकै मुटु छुने सफर रहेछ।।
उ म सँग हासो-खुशी माग्दै थिई।
बदलामा म सँग आसुको नहर रहेछ।।
खै के पो लेखिएको छ यो निधारमा।
उस्लाई पाउनु मात्र मेरो रहर रहेछ।।
विश्व मल्ल समर्पित(बिमस)
देउपुर १ पर्वत
अचेल बाग्लुङ बजार