Websoft University

एउटी अामाले जन्माइन एकै पटक पाँच सन्तान : तस्विर अाफैले गरिन सार्वजनिक

एकै पटक पाँचवटा शिशुको जन्म दिने एक अस्टे«लियाली महिलाले आफ्ना सन्तानको फोटो सार्वजनिक गरेकी छिन् । अस्टे«लियाको पर्क सहरकी किम टुसीले हालसालै जन्माएका आफ्ना  चार छोरी र एक छोराको तस्विर सार्वजनिक गरेकी हुन् ।

५० चिकित्सक र नर्सहरुको एउटा समूहले शल्यक्रिया गरी उनको पेटभित्रको शिशुहरु निकालेका थिए । प्राकृतिक रुपमा पाँच बच्चाको गर्भ रहनु निकै दुर्लभ घटना हो । साढे पाँच करोडमध्ये एक जनामा यस्तो गर्भ रहन्छ । उनको फेसबुक पेज सरप्राइड् वाई फाइभमा आफ्नो गर्भावस्थादेखिका विवरण उल्लेख गरिएको छ ।
टुसीको गर्भधारणबारे बृत्तचित्र बनाएका एक फोटोग्राफर इरिन एलिजाबेथे पाँचैवटै बच्चाको तस्विरलाई सुन्दर ढंगले खिचेका छन् । ‘५० औला, ५० बुढीऔला र ६ ओटा मुटुका घड्कन एकैपटक । पाँच बच्चालाई सुरक्षित रुपले संसार देखाउन मेरो शरिरले ठूलो युद्ध नै लड्यो,’ फेसबुक पेजमा सन्तानको तस्बिरबारे उनले लेखेकी छिन् ।

स्वास्थ्य खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget