Websoft University
May 2016

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ ? यसो गर्नुहोस्…

सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन् । तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् । यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट आफ्ने कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ । यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ । यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ ।
कोही मानिमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ । यदि तपाइ यस्तो समस्या भोगिरनु भएको छ भने आफैंले कहि घरेलु उपायबाट समस्याको समाधारन गर्न सकिन्छ । जेठीमधु यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ । साथै आमाशयको वायुलाई पनि कम गर्छ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ । ल्वाङ्ग ल्वाङ मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।
जामुन जामुनको फल र यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ । काँचो आँप काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ । यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
सौंफ सौंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन । अदुवा अदुवा आर्युवेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा पनि अदुवाको प्रयोग गरिन्छ । दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ । एजेन्सीको सहयोगमा

विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ ।

देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्रनो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ ।

नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा डाँफे राख्दै नेपालप्रति सम्मान प्रकट गरेको छ ।

गुगलले आफ्नो डुडल पेजले आजका दिन सारा नेपालीलाई गणतन्नत्र दिवसको शुभकामना दिँदै सुख समृद्धिको कामना समेत गरेको छ । उसले नपालमा पाइने डाँफेले नेपालको सुन्दरता प्रष्ट हुने उल्लेख गरेको छ ।

नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् । प्रयोगकर्ताले यसलाई सामाजिक संजालमा सेयरसमेत गर्न सक्छन् ।

प्रेम खड्का  (५) गजलहरू
१. गजल द्न्द सुनौला स्वप्ना, देख्दैमा पुग्दैन्न् बाधाहरू खोलिका ति पत्थर,बिना चल्दैनन् झाताहरू अन्नदानी बेचेर, खान्छन् गरि. भ्रष्टाचारी यहाँ भौतारिन्छन्, रोड्मा भोका नाङ्गाहरू पीडा खेप्दै बिर्सिए, सब दुखद भावना म टोलाइ रहेछु, गाउँदै पुराना भाकाहरू उत्सुक भावनाले, इतिहास् समेटिएँ पाना बद्लिदै छन् यिनै,पाठक भित्र पाठाहरू आमालाई् रुवाएर,शान्ती मनमा पाउँदैनौ कहिल्यै ओभाएनन्,आमाका यि आखाहरु स्वप्नामा फेरबदल, गाउका खेतिपाती किन् बनाउँदैनौ भत्केका, गाउँमा नौला बाटाहरू

२. गजल
सेतो भेषमा औसी रातमा आउँने को होला सुस्त चालले एकोहोरो चियाउँने को होला!! पर्देशीको दुःखको भावना कस्ले बुझ्छर याँ मलाई नयन भित्रै सधै लुकाउँने को होला!! सौन्दर्य ति उराठिला वन जंगल साथ रुखमा कोइली चरीले झैँ मिठो गित गाउँने को होला!! कलै हाँसो कैले रोदन आँखाभरी अश्रुधारा प्रदेशमा $ नरुनु भनि सम्झाउँने को होला!! राम लिलाका पाठक हरू धेरै देखे परदेशमा अरे!हाम्रो सांस्कृति विधान पढाउँने को होला!!

३ गजल
देखाउँछु घर अनि परिवार बद्लेर परिवारमा आफ्नो संस्कार बद्लेर स्वार्थी संसारमा जिउँनु छैन मलाई यो संसारमा आफ्नै बिचार बद्लेर सिंह बस्ने सिँहदरवार बदलियो याँ बसे नेताहरु आफ्नै!भण्डार बद्लेर जनता सोझा छ !भन्दै राहत लुट्न हिड्छन नेता आफ्नै श्रिंगार बद्लेर शहरमा गाउँलेको परिचय छैन अझै देखाउँछु भन्छन नैना संसार बद्लेर

४ गजल
हरपल मेरै साथ हुने मेरी आमानै हुन दुख पर्दा मेरै छेउमा रुने मेरी आमानै हुन हासि-हासी सदा-सदा मेरैलागी ब्रत लिदै मेरा पापका घडाहरु धुने मेरी आमानै हुन तिता मिठा हर कुरा शेयर गर्दै अगाडि हात बढाउँदै मेरो तस्विर छुने मेरी आमानै हुन यो संसारमा आमा भन्ने शब्दनै काफी थियो समस्याका गाठाहरु फुने मेरी आमानै हुन हरपल मेरै साथ हुने मेरी आमानै हुन दुख पर्दा मेरै छेउमा रुने मेरी आमानै हुन

५ गजल
परदेशमा दु:ख पाउँदा तिम्लाई संझी रोएँ आमा सपनीमा तिमी आउँदा तिम्लाई संझि रोएँ आमा वैदेशिक रोजगार सधै त्याग तपस्या गरि रहे छु ऋणले टुप्पि समाउँदा तिम्लाई संझि रोएँ आमा कति गरौँ बालुवामा युद्ध मैले,चर्को घाममा खटेर दु,खमा रात कटाउँदा तिम्लाई संझि रोएँ आमा हदै बिगतले यादहरु बल्झाईदिन्छ परदेशमा फेरी साहुले सदा झैँ अत्ताउँदा तिम्लाई संझि रोएँ आमा अहो!परदेशमा पैँसा रूमा फल्छ भनि आए हाँस्दै ऋणले टुप्पि बिकाउँदा तिम्लाई संझी रोएँ आमा

नाम प्रेम खड्का बुबाको नाम पुरन खड्का आमाको नाम सुना खड्का जन्मस्थान गुल्मी पुर्कोट मलागिरी जन्ममिती 2051-5-5 शिक्षा १० कक्षा पेशा प्रवेशी कार्यरत स्थान भारत प्रकाशित कृति सहकार्य तथा हैसियत थ्री.मा आवद्ध सम्पर्क नम्बर +919928595002 इमेल आईडी। [email protected] फेसबुक आईडी perem....khadka facebook. com

सफलता Vs बहाना
1. मलाइ उचित शिक्षा पाउने अबसर मिलेन 
- उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन ।
2. म धेरै पटक हारीसके अब हिम्मत छैन 
- अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ।
3. म अत्यन्त गरीब घरबाट छु
- पुर्व राष्ट्रपती अब्दुल कलाम पनि गरीब घरबाट थिए ।
4. सानो देखि अस्वस्थ थिए
- ओस्कार विजेता मर्लिन मेटलिन पनि सानैदेखी बहिरी र अस्वस्थ थिइन ।
5. मैले साइकलमा चढेर आधा जिन्दगी निकालेको छु
- निरमा कम्पनिको करसन भाइ पटेल पनि साइकलमा निरमा बेचेर आधा जिन्दगी बिताए ।
6. एउटा दुर्घटनामा लङ्गडो भएको कारणले मेरो हिम्मत गुम्यो
- प्रख्यात नृत्यांगना सुधा चन्द्रनको खुट्टा नक्कली छ ।
7. मलाई सानैदेखी नै मन्दवुद्धिको भन्ने गर्छन
- थोमस एल्बा एडिसनलाई पनि सानोमा मन्दबुद्धिको भन्ने गर्थ्यो ।
8. सानैमा नै मेरो बुवाको निधन भएको थियो
- प्रख्यात संगीतकार ए आर रहमानको बुवाको पनि निधन सानैमा भएको थियो ।
9. मलाई सानैदेखी नै परिवारको जिम्मेवारी उठाउनुपर्यो
- लता मंगेस्करलाई पनि सानैमा परिवारको जिम्मेवारी उठाउनु परेको थियो ।
10. म एक सानोतिनो नोकरी गर्छु
- यसले के फरक पर्छ : धिरुभाई अम्बानिले पनि पेट्रोल भर्ने सानोतिनो काम गरेको थियो ।
11. मेरो कम्पनी घाटा गइरहेको छ अब मलाई भरोसा कसले गर्छ
- दुनियाँको सबैभन्दा ठूलो चिसो पेय निर्माता पेप्सि कोला पनि दुईपटक घाटामा गइसकेको छ ।
12. मेरो दुई पटक नर्भस ब्रेक डाउन भइसकेको छ अब म के नै गर्न सक्छु
- डिज्निल्याण्ड बनाउनुभन्दा अगाडि वाल्ट डिज्नी पनि तीन पटक नर्भस ब्रेक डाउन भएका थिए ।
13. मेरो उमेर धेरै भयो म बुढा भइसके
- विश्व प्रसिद्ध केंटुकि फाइड चिकेनको मालिकले 60 वर्षको उमेरमा रेष्टुरेन्ट खोलेका थिए ।
14. म सित बहुमुल्य आडिया छ तर मान्छेले अस्विकार गरिदिन्छ
- झेरोक्स फोटोकपी मेसिनको आइडियालाई पनि धेरै कम्पनिले अस्विकार गरेका थिए , आज परिणाम सामुन्ने छ ।
15. म सित धन छैन
- इन्फोसिसको पुर्व चेयरमेन नारायण मुर्तीसित पनि धन थिएन , उनलाई आफ्नो श्रीमतिको गहना बेच्नु परेको थियो ।
16. म धेरै विरामी छु , म भित्र रोगहरु धेरै छन
- वर्जिन एयरलाइन्सको प्रमुखलाई पनि धेरै रोगहरु थियो , राष्ट्रपती रुजबेल्टको दुवै खुट्टा काम गर्दैन थियो ।
आज तपाई जहाँ हुनुहुन्छ र भोलि तपाई जहाँ हुनुहुनेछ , यसको लागि तपाई कोहि अरुलाई जिम्मेवारी ठहराउन सक्नुहुन्न । त्यसैले आजै चुनाब गर्नुस , सफलता या सपना चाहिन्छ कि खोक्रो बहाना ?
बहाना बनाउने व्यक्ती आजसम्म सफल भएका छैनन ।

जग्गा नापमान सम्बन्धी जानकारी,
1 Bigha (बिघा) = 20 Kattha (कठ्ठा)
1 Bigha (बिघा) = 6772.63 m²
1 Bigha (बिघा) = 72900 sq.ft.
1 Bigha (बिघा) = 13.31 Ropani
1 Kattha (कठ्ठा) = 20 Dhur (धुर)
1 Kattha (कठ्ठा) = 338.63 m²
1 Kattha (कठ्ठा) = 3645 sq.ft.
1 Dhur (धुर) = 16.93 m²
1 Dhur (धुर) = 182.25 sq.ft.
1 Ropani (रोपनी)= 16 aana (आना)
1 Ropani (रोपनी)= 64 Paisa (पैसा)
1 Ropani (रोपनी)= 508.72 m²
1 Ropani (रोपनी)= 5476 sq.ft.
1 Ropani (रोपनी)= 256 Daam (दाम)
1 Ropani = 4 Matomuri
1 Khetmuri = 25 Ropani
1 Aana (आना)= 4 Paisa (पैसा)
1 Aana (आना)= 31.80 m²
1 Aana (आना) = 342.25 sq. ft.
1 Aana (आना) = 16 Daam (दाम)
1 Paisa (पैसा) = 4 Daam (दाम)
1 Paisa (पैसा) = 7.95 m²
1 Paisa (पैसा) = 85.56 sq. ft.
1 Daam (दाम) = 1.99 m²
1 Daam (दाम) = 21.39 sq. ft.
1 Haath = 1.5 ft

लोक राज भट्टका (५) गजलहरू
१. गजल किन हेप्छौ बर्ण हेरी मान्छे गोरो, कालो हुन्छ खहरे नी गडगडाउछ जब उस्को पालो हुन्छु बरु नदेउ बचन नलाउ गरिबीलाइ कोट्याएर था छैन र लाज ढाक्नलाइ सहयोगी टालो हुन्छ । कुन सॅस्कारको बिकास गरी मष्तिषकमा रोपण गर्छौ जे जे देख्छ त्यही सिक्छ बुढो जस्तै बालो हुन्छ। बचाउने वा नष्टगर्ने परिपटी जेबनाउछौ बृक्ष दिन्छ प्राणवायु जव सम्म आलो हुन्छ । एउटालाइ अर्काको भर सबै यहाँ परजिवी त्यसै कहाँ ध्वनित हुनु घण्टीमा नी रालो हुन्छ। २. गजल संघर्षको असिनाले चुट्छ, अनि था हुन्छ जिन्दगी, भएको भाग्य अर्कैले लुट्छ, अनि था हुन्छ जिन्दगी। जब समयका ज्वारभाटहरु, बगाउन थाल्छन, अघि हराउदै जान्छ, पछि छुट्छ, अनि था हुन्छ जिन्दगी। प्रयासहरु पहिरोमा, पुरुदै जान्छन, तब दुनियाको त के कुरा, आफ्नै बिरुद्धमा आफ्नै छाया जुट्छ, अनि था हुन्छ जिन्दगी। ति काडे तारहरुका जन्जिरले, फुत्किन दिदैन भने, जोडीएको सम्बन्धपनि टुट्छ, अनि था हुन्छ जिन्दगी। जसरी युद्ध मैदानमा, लासहरु माथिपनि, बसिन्छन गोली, त्यसरी आफ्नैका बचनले भुट्छ, अनि था हुन्छ जिन्दगी। अनौठो यात्रामा अपरीचित भएर, आत्ति रहँदा, काँसाको भाँडा जस्तै प्याट्ट फुट्छ, अनि था हुन्छ जिन्दगी। ३ गजल कल्पनामै मनपराका, घर कती होलान, घुम्टो ओढी डोली चढ्ने, रहर कती होलान। : रातो सारी चुरा पोते, सोरै शृङ्गारमा, बिस बाइसे ती सु कुमारी ,सुन्दर कती होलान। एउटा मात्र जिन्दगीको ,माली बन्छ तर, बाहिरबाट हेर्ने छड्के ,नजर कती होलान। मन परेको एउटा हुन्छ ,अन्तै जानु पर्ने, जबरजस्ती बाउ आमाका ,कर कती होलान। कोइले आँशु कोइले हाँसो ,लुकाएर भित्रै, ओहर दोहर माइत पोइल, सफर कती होलान। ४ गजल बिभेद देखिने मान्छेको,थर हटाइनु पर्छ, बुलन्द हुनुपर्छ आवाज,डर हटाइनु पर्छ। ए सरकार त्यो कानुन, बनाइएको किन हो? कि पालना होस नत्र, फोस्रा अक्षर हटाइनु पर्छ। कायापटलमा एक, क्रान्तीको अभाव देखिन्छ, ठेकेदार दलालका गिद्धे,नजर हटाइनु पर्छ। छुवाछुत गर्ने हो भने,एक सर्त छ मेरो, अछुत भनीने ओडार बसौँ,घर हटाइनु पर्छ। सुन छाउपडी पक्षधर, मन्दिरमा लक्षमी दुर्गाहरु छन, छुइएका मन्दिरतिर तिम्रा, सफर हटाइनु पर्छ। ५ गजल चाँदीको मुकुट पहिरीएको, हिमाल छ म संग, कस्तुरी र डाँफे सँगै, मुनाल छ म संग। एकताको मन्दिरमा, अगरबत्ति बाल्ने, बिबिध भाषा संस्कृतिको, चाल छ म संग। प्रकृतिले सोभायमान, लेक बेशी हाम्रो, सेती नदि अनि सुर्मा, ताल छ म संग। सुन फलाम तामा खानी ,जस्ता कयौ चिजको, सम्भाबना बोकेको, मसाल छ म संग। यार्सागुम्बा पाँच औले र,सयौ चिज को धनि, सुन्दरताले गिज्याई रहने,नेपाल छ म संग।
लोक राज भट्ट वायल डोटी हाल काठमाण्डौ



ऋतु प्रियशिका (५) गजलहरू
१)गजल
जन्म र मृत्यु मनपरी बनाएर देखा बिज्ञान।
यि मान्छेहरुलाई अजम्बरी बनाएर देखा बिज्ञान॥  
मलाई केहि चाहिएको छैन त्यो निष्ठुरीको पलपल 
यादै नआउन अौषति केहि गरी बनाएर देखा बिज्ञान॥  
कृतिम रिमोटमा चल्ने त्यो रोबटले पनि 
अब महशुस गरोस न थरथरी बनाएर देखा बिज्ञान॥  
मलाई असाध्यै हेर्ने रहर छ चमत्कार तेरो हाे 
शिशिरमा फुल्ने मन्जरी बनाएर देखा बिज्ञान

२)गजल

पहाड मैदान हुनेछ समए आएपछि । । 
बालक जवान हुनेछ समए आएपछि । ।  
अब नकाब उत्रिनेछ तिम्रो चेहेरा बाट 
सही पहीचान हुनेछ समए आएपछि । ।  
बुढाभए भधेर बा आमा निकाल्यौ भने 
घर सुनसान हुनेछ समए आएपछि । ।  
कतिन्जेल सिमित राख्न सक्छौ गर्भ मै 
सत्य भित्ताको पनी कान हुनेछ समए आएपछी । ।  
दुनिया अपरिचित छ तिम्रो यर्थात बाट 
गहिरो चिनजान हुनेछ समय अाएपछि ।।

३)गजल
अनेक टुनामूना छरी भन्लिन तिम्री आमाले । । 
एककोहोरो पागल गरी भन्लिन तिम्री आमाले । । 
सानु म पाईन्टमा हिड्दा तिम्रो घरमा बूहारी 
संस्कार नभएकि परी भन्लिन तिम्री आमाले । । 
मुखै चलाउछे एउटा काम गर्ने ढङ्ग छैन 
फेसनै गर्छे नानाथरी भन्लिन तिम्री आमाले । । 
घर परीवार छोडि मलाई साथ दिदा तिम्ले 
छोड्यो छोराले कठैबरी भन्लिन तिम्री आमाले । ।

४)गजल
महल सामु झूपडी के ठट्टा गर्नु हुन्छ यार। ।
लगाएर हतकडी के ठट्टा गर्नु हुन्छ यार । ।  
तुलना गर्छु भन्दै राजधानिको छेउमा 
दाज्न सूदूरको धनगडी के ठट्ठा गर्नु हुन्छ यार । ।  
चौबिस बन्ञ्जन भन्दै भोजमा बोलाईकन दिदा 
थालमा खिचडी के ठट्ठा गर्नु हुन्छ यार । ।  
भागबन्डा बराबर हुनुप र्ने मेरो कम 
तपाईको बडी के ठट्टा गर्नु हुन्छ यार । ।  
समय थाहा छैन भनि हिड्नु भएको हजुर 
हातमा बाँधेर घडी के ठट्टा गर्नु हुन्छ यार । ।  
अाकास छुन्छु भन्दै हात लम्काउनु भयकाे छ  
धुरि माथि चढि कस्तो ठट्टा गर्नुहुन्छ यार ।।

५)गजल
महल सामु झूपडी के ठट्टा गर्नु हुन्छ यार। । 
लगाएर हतकडी के ठट्टा गर्नु हुन्छ यार । ।  
तुलना गर्छु भन्दै राजधानिको छेउमा दाज्न 
सूदूरको धनगडी के ठट्ठा गर्नु हुन्छ यार । ।  
चौबिस बन्ञ्जन भन्दै भोजमा बोलाईकन 
दिदा थालमा खिचडी के ठट्ठा गर्नु हुन्छ यार । ।  
अधिकार बराबरभय भागबन्डा बराबर हुनुप र्ने  
मेरो कम तपाईको बडी के ठट्टा गर्नु हुन्छ यार । ।  
समय थाहा छैन भनि हिड्नु भएको हजुर 
हातमा बाँधेर घडी के ठट्टा गर्नु हुन्छ यार । ।
अाकास छुन्छु भन्दै हात लम्काउन भाछ  
धुरिमाथि चढि कस्तो ठट्टा गर्नुहुन्छ यार ।। 
ऋतु प्रियशि लम्कि कैलाली


एस.पि.असफल का (५) गजलहरू
१)गजल
स्वतन्त्र गजल …………………… कोईलि बसि सधैं गाउने डाली मन पर्यो ।। मेरो गजलमा उसले दिने तालि मन पर्यो ।। दिनहुँ धाउदाँ धाउदै आजकाल भट्टिमा तेहि भट्टिकि साहुनी काली मन पर्यो।। मेरै लागि साचि उसले राखेकि पो होकि उसको सिउँधो मलाई ता खालि मन पर्यो ।। नसालु ती नयन अनि मिलेको त्यो शरीर गुलाबि ओठमा लगाएको लालि मन पर्यो ।। एस.पि.असफल लाई दुनियाँमा सबै भन्दा पिडामा नि मुस्कुराउने भट्टिवालि मन पर्यो ।।

२)गजल
उसले दिएको पीडा भुल्न मदिरा पिएर आए ।। चिनो दिएको जाले रुमाल फिर्ता लिएर आए ।। उ बिना बाच्न गाह्रो हुदो रहेछ,तैपनि बाच्न त सकिने रैछ भन्ने उदाहरण दिएर आए।। मनको पीडा भुलि अरुको खुसिमा रमाउने भट्टिकि साहुनी शीत यो मन सिएर आए ।। आफ्नैले दिएको चोटको पीडा गहिरो हुदोरैछ फलाम सरि आफ्नै खिया बाट खिएर आए ।। घरिघरि किन आउँछ भट्टिमा भन्दा हुन कोहि म जस्ता धाईते मुटु यहाँ अरु पनि थिएर आए।।

३)गजल
जबर्जस्ती हुदैन माया,किन मन डुलाउछेउ ।। उसलाई पनि ठिकै ,मलाई पनि भुलाउछेउ ।। के छ तिम्रो मनमा ,थाहा पाउ म कसरी न मन देखाउने ऐना छ न तिमिले खुलाउछेउ ।। केटि खोज्दै घरमा हिड्नु भाछ बाबा,म के गरु निधो केही दिन्नउ खालि मलाई झुलाउछेउ।। जिस्किदै र मस्किदै भंमराहरु लाई लोभाउदै एउटा प्रेमको फुल कतिको मनमा फुलाउछेउ ।। मन्दिरको प्रसाद होइन माया कतिलाई पुग्छर सोच है बेलैमा नत्र प्रेमिको सङ्ख्या चुलाउछेउ ।।

४)गजल
नत म उनको हुनसके न उनि मेरि भईन ।। म सुकेको बगर,उनी बगिरहेको भेरि भईन ।। न सम्झेर केही पाए , न उनलाई भुल्नै सके नत उ प्यास ,न प्यास मेटाउने पधेरि भईन ।। सम्झना मै रह्यो उनको माया मेरो लागि न बाटो देखाउने जुन न बिर्साउने अधेरी भईन ।। न हटाउने सके उनलाई मनबाट,न बसाउन म घरको आगनि भए उनी चाहिँ मझेरि भईन ।।

५)गजल
मायाले मात्रै पुग्दैन सुनको बाला चाहियो भन्छे ।। गोजि भरि गाँठ भएको पैसा वाला चाहियो भन्छे ।। यो खाडिको कमाईले नपुग्ने भो साथि तिर्खा लाग्दा पानी हैन मधु प्याला चाहियो भन्छे।। कसरी हो पुराउने खोइ उसका मागहरु घर सजाउन मलाई बाघको छाला चाहियो भन्छे ।। उसको ईच्छा चाहानाले तनाव मात्रै भाछ रेखा थापाले लाउने जस्ता टाला चाहियो भन्छे ।।
एस.पि.असफल भाटखोला ९ स्याङ्जा हाल : बिरानो मुलुक

सानु कार्कीका (५) गजलहरू
१ गजल यो दिलमा राज गर्ने,रानी रै छौ तिमी। माया र ममताको,खानी रै छौ तिमी।। यो मनको आँखाले ,लुकि छिपी हेर्दा म भन्दा थोरै प्रिय,सानी रै छौ तिमी।। बलेकी छौ धपक्कै,यौवनले नै प्रिय तिर्खाउदा प्यास मेट्ने,पानी रै छौ तिमी।। माया गरि आखामा,तिमी लाई राख्दा सोची रैछु आखाको,नानी रै छौ तिमी।।

२ गजल वर्ण संख्या ~१६ विश्राम~८ लेक देखि प्रिय तिमी,बेसि सम्म झरे पछि। छुट्नै गाह्रो भयो नानू ,लभ हाम्रो परे पछि।। तिमी मरे मर्छु म नि,एउटै हो मुटु हाम्रो कस्ले माया गर्छ होला,सानु म नै मरे पछि।। किन पीर चिन्ता गर्छौ,तिम्रो साथमा म हुँदा चाडै हामी एक छुन्छौ,बिहे हाम्रो गरे पछि।। सपनीमा देख्न थाले,आज भोलि तिमिलाई तिम्रो माया लाग्न थाल्यो,यो दिलमा सरे पछि।। नजिस्काउ मेरी सानु,मलाई लोग्ने हौ भनी बल्ल तिम्रो लोग्ने हुन्छु,त्यो सिउदो भरे पछि।। ३ गजल यो माघैले मलाई पनि,रुवाउछ कि कतै। तिम्रो लगन बाहुनले,जुराउछ कि कतै।। माघमा धेरै छुट्छन् ,माया गर्ने जोडी रे तिमीलाई र मलाई नि,छुटाउछ कि कतै।। तिमीलाई नि यो माघमा,आउँछ होला माग्न उसको र तिम्रो जोडी नि,सुहाउछ कि कतै।। बिहे गर्न पराइ सग,नमानौली तिमी त मिठो कुरा गरि तिम्लाइ,भुलाउछ कि कतै।।
४ गजल माया गर्ने काली सग,लगन गाठो कस्छु म। खाली तिम्रो दिउँदोमा,सिदुर अब घस्छु म। जीवन साथी मेरै भन्ने,प्रमाण पत्र पाएसी कोमल ती अङ्ग लाई,चुम्बन गर्दै डस्छु म।। कति बस्नु एक्लै काली,कल्पनामा डुबेर जुनि भरी अब तिम्रो,अगालो मा बस्छु म।। रोक्न कसले सक्छ र,हाम्रो नै इच्छा बिना मायाको नै प्यास बोकि,त्यो मनमा पस्छु म।।

५ गजल कति राम्री देखिएकी,साडी अनि चोलीमा। माया बस्यो मेरी काली,तिम्रो मिठो बोलीमा।। तिम्रो हात माग्छु प्रिय,तिम्रो घर आएर बैशाखमा लान्छु सरु,चढाएर डोलीमा।। जुनि भरी साथ देउ,सुखदुःख पर्दा है सजाउछु तिमीलाई,मायाको नै झोलीमा।। आतुर छु मेरी काली,तिमीलाई नै भेट्न है आउ भेट्न चाडै अब,त्यो खहरे खोलीमा।।
लेखक:सानु कार्की धनकुटा
हाल इटहरी

शेरे र हर्के class 8 मा पढ्दा रहेछन
.
.
भर्खर परिक्षा सुरु भएको पनि 2/3 दिन भयो
.
.


शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनुपर्छ
.
.
आज रातभरि पढौ है
.
.
हर्के: हुन्छ
.
.
पढ्दा पढ्दै समय बितेको थाहै भएनछ ।
.
.
हर्के :ओई शेरे कति बज्यो
.
.
शेरे फुत्त बाहिर गएर पल्लो घरको छानामा ढुङ्गा हान्यो
.
.
पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश
रातको 3 बजि सक्यो अझै सुतेको छैनस ।
.
.
शेरे: थाहा पाईस हर्के कति बजेछ .😂😂😂😂😂😂

सर-'१ देखि १० सम्म गनेर सुनाऊ'
शेरे-'१ २ ३ ४ ५ ७ ८ ९ १०'
सर-'छ कहाँ गयो?'
शेरे-'त्यो त मर्यो!'
सर-मर्यो रे?? कसरी मर्यो??'
शेरे-'हो के ....आज विहान टि:भीको NEWS मा
भनेको थियो कि गर्मीको कारण ६ को मृत्यु भएको छ' 😂😂😂

एक दिन एक जना मान्छेले आफ्नी श्रीमती माईत
गएको बेलामा केटि लिएर घरमा आएछ |
घरमा आउँदा त उसकी छोरि लाई देखेछ अनि छोरि संग डराउदै भनेछ

... मान्छे : छोरी ममी लाई नभन्नु ल बाबाले
केटि ल्याएको भनेर म ......
तिमीलाई २० रुपैया दिन्छु |
.
छोरि : मत भनिदिन्छु ममी लाई !! अस्ति ममीले एउटा केटा लिएर आउँदा ५० रुपैया दिन्छु भन्दा त मानिन।।
मलाई १०० रुपैया चाहिन्छ।।

कालिदास' को भाई जुत्ता बेचेर
'एडीदास' (Adidas) भो,
म मोरो केटीको चक्करमा
'देवदास' (Devdas) भए,
कोइ फलाम बेचेर 'टाटा' (Tata) भए,
कोइ चप्पल बेचेर 'बाटा' (Bata) भए,
म खुरापाती भने,
'लाटा' ले 'पापा' हेरे झैँ भएँ.... grin emoticon gr

in emoticon

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ। तर अहिले मृगौला रोगीको संख्या अस्वभाविक रुपमा बढदै गएको छ । कसरी हुन्छ त मृगौला खराब ? जानिराखौँ यसका बारेमा केही महत्वपूर्ण जानकारी:
१- पानी कम पिउने
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।
२- नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ।
३- पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।
४- गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।
५- पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ। भिटामिन-ट र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।
६- मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ।
७- अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
८- चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।
९- पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस्। धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ।
१०-जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।


दीपेन्द्र कुमार न्यौपानेका (
) गजलहरू
१) गजल
बहर मुतकारिब सुसम्मनसालीम
सुत्र = १२२ १२२ १२२ १२२
भयानक छ घटना घटेको थियोे रे । त्यहाँ दुश्मनी झन् बढेको थियो रे । बिहानै उज्यालो हुँदा हूल अायो त्यहाँ बम र बारुद चलेको थियोे रे । हजारौं सिकिस्तै भए गाउँघरमा सयौं जति त्यहीं नै मरेको थियोे रे । कसोरी घट्यो किन लडे सोध्न खोज्दा नबोली अटेरी बनेको थियोे रे । हरे दैव कस्तो सरम लाग्छ देख्दा बिना दोष जनता फसेको थियोे रे ।
२)
गजल
केही गरौ धन्दा भने निर्भर छ मालीमा
साहू महाजनको सधैं हालीमुहालीमा
अाफ्नो रगतका साथमा खेलेर गर्छौ श्रम
उपहार घतलाग्दो मिलेको हुन्छ गालीमा
जाने भयो यो मेहनत हामी श्रमिक सबको
पानी नपाई सुक्न लाग्यो धान बालीमा
केही गरी राम्रो भो भने सरकारले मात्रै
सम्मान दिन्थ्यो हुन्छ त्यो वा वा र तालीमा
नेपालमा खानै नपुग्दा क्यै बिदेशीए
पर्दा फसे भरमा बिदेशी त्यो दलालीमा
बहर :- रजज अहज
रुक्न :-२२१२ २२१२ / २२१२ २२
(मुस्तफ्इलुन् मुस्तफ्इलुन् /मुस्तफ्इलुन् फैलुन्)
विश्राम :- ८/६

३)
गजल
बहर मुतकारिब सुसम्मनसालिम
मात्रा १२२×४ (iss iss iss iss)
म जादै छु फर्की बिरानो सहरमा
यहाँ क्यै नि गर्नै नसक्ने ठहरमा
खुशी देख्नलाई बरू दुःख काट्छु
यही सोच अायो र मेरो लहरमा
बिरानो मुलुकमा खुशी पाइदैन
बरू होस जीवन सडकमा नहरमा
बढेको पढेको जनम ठाउँ छोडी
गए बाध्यताले कहाँ हो रहरमा
लिएको छु अाफै निधो जानु पर्छ
म लाग्दैन पक्कै कसैको कहरमा

४)
गजल
मेरो एकोहोरो चल्ने धड्कन बदलियो
सधैं माया गर्छु भन्ने यो मन बदलियो
निश्चल माया गरेको थिएँ आफु भुलेर
यति माया गर्ने मेरो जीवन बदलियो
तिमीलाई मात्र हेर्न रुचाउने यी अाँखा
सोच्दै छु अाज कसरी लोचन बदलियो
तिमीले गरेको बानी ब्यवहारले गर्दा
खुल्ला आकाश भित्रको गगन बदलियो
गरिबको कारणले भेदभाव गर्यौ र
मैले खाएको बाचा र बन्धन बदलियो
मात्रा १५
बिश्राम ८

५)
गजल
बहर - मुक्तजीब
२२२१ २२१२ २२२१ २२१२
चाँदी साथमा भैदिए मोती खोज्न थाल्ने थियौं
भेट्टाए झटारा सहज तारा सब् खसाल्ने थियौ
यो संसार कस्तो अहो कस्ले बुझ्न सक्नेछ र
छन् मान्छेहरू स्वार्थमा पीडा नत्र टाल्ने थियौं
कस्को छैन होला लुगा राम्रो लाउने चाहना
चाहेको मिलेको भए जोगी बन्न थाल्ने थियौं
राम्रो काममा ध्यान का हाम्रो जान्छ मात्रै गलत
शोषण गर्नलाई भए छिट्टै पाउ चाल्ने थियौं
हामी पूर्ण कैल्यै हुने छैनौं लिप्त लालच भए
क्य‌ै ठूला बडा भैदिए झन् फुर्ती निकाल्ने थियौं
दीपेन्द्र कुमार न्यौपाने
खरिगैरा 7 दैलेख
हाल गूजरात भारत
मोबाईल नः 0091999870924
नेपाल का लागि 9848196880
ईमेल [email protected]

बरु सितन बिर्सिएला तर रक्सी खाँदा चियर्स गर्न भने बिर्सिइन्न । हरेकपल्ट साथीभाई बसेर रक्सी खाँदा पहिलो घुट्को (सिप) गर्नु अगाडि बोलिन शब्द हो– चियर्स । तर यो चियर्स शब्दको अर्थ के होला त ? यो कुरा भने कमैलाइ थाहा छ । अझ संसारमा रक्सी खानुपूर्व चियर्स कहिलेदेखि शुरु भयो होला भन्ने बारेमा पनि त्यति जानकारी पाईंदैन । त्यसो त संसारमा रक्सी कहिलेदेखि खान थालियो भन्ने पनि जानकारी पाइँदैन ।
रक्सी खाँदा सँगै बसेकारुले गिलास हातमा उठाएर चियर्स भन्ने गर्दछन् । तर चियर्स भनिसकेपछि एक घुटको नपिईकन त्यत्तिकै भूईमा राख्नुहुन्न भन्ने मान्यता छ । नयाँ सिकारुहरुले त्यसरी जिब्रोले नचाखि तल राख्न त्यो गर्नुहुन्न भन्छन् बानी परेकाहरु ।
चियर्स गर्ने चलनका बारेमा धेरैथरीका मान्यताहरु पाइन्छन् । एउटा चर्चित भनाईमा दुश्मन सेनाहरुको छलबाट जोगिन चियर्स गर्ने चलन चलेको हो । यो कथन अनुसार, घुमन्ते फिरन्तेयुगबाट कृषि युगमा संक्रमणको चरणमा कबिला, सामन्तहरुका बीच निकै युद्ध चर्किने गर्दथे । यी युद्धहरु सम्झौतामा टुंगिने बेला दुबै पक्ष कुनै चौरमा बसेर सम्झौता भोज गर्ने गर्दथे । यसरी सम्झौता गर्दा वल्लो छेउमा बसेकाहरुले उपहारस्वरुप उतापट्टि ठूलो कचौरामा रक्सी पठाउने गर्थे । तर कहिलेकाहिँ युद्धको नियमलाई उल्लंघन गर्दै कुनै पक्षले रक्सीमा विष मिसाउने गर्ने समेत गर्थे । जसले गर्दा एकपक्षको सेनापति मर्ने अवस्था हुन्थ्यो ।
यो स्थिति देखिएपछि पछि गएर दुबै सेनापतिहरु सँगै बस्ने, दुबै कचौराको रक्सी एक अर्कामा पोखिने गरी जोडले एक अर्कामा ठोक्काउने र त्यसपछि एक घुट्को सेवन गरेर मात्रै तल राख्ने चलन चल्यो । यसो गरेको खण्डमा यदि विष नै मिलाएको भएपनि दुबै पक्ष मर्ने सम्भावना रहन्थ्यो ।
तर केहीले भने यसरी चियर्सको चलन चलेको स्वीकार्दैनन् । चियर्सको शाब्दिक अर्थ मुखमुद्रा हो । अर्थात् हामीले हाम्रो मुहारको मुद्रा राम्रो, हँसिलो बनाउनुलाई चियर्स भनिन्छ । पछि मध्यकालिन युगमा आईपुग्दा चियर्स निकै सम्मानित र प्रचलित चलन बन्न पुग्यो । राजा महाराजाहरुका लागि को सँग चियर्स गर्ने, कसरी गर्ने कुरामा समेत नियम र संस्कारहरु बने । प्राचिन रोममा इसापूर्व ४५० वर्षमा पहिलोपटक चियर्स गरेको रेकर्ड भेटिएको एउटा पुस्तकमा उल्लेख छ ।
मध्यकालमा चियर्सलाई सम्मानको रुपमा लिइने र कुनै व्यक्तिलाई सजाय दिँदा चियर्स गर्न नपाईने सम्मको सजाय दिइने गरिन्थ्यो । १७ औं र १८ औं शताब्दीमा त चियर्स गर्ने परम्परा यति प्रचलित भयो कि पार्टीमा सबैलाई समानरुपमा चियर्स गर्न पाइएन भने त्यसले ठूलो झगडाहरु समेत निम्त्याए । सबैलाई समानरुपमा चियर्स गर्न दिए त्यो समान सम्मान गरेको प्रतिक समेत मानियो । ग्रीक कवि इयुबुलुसले प्राचिनकालमा रक्सीका बारेमा राम्रोसँग आफ्नो पुस्तकमा यसबारे वर्णन गरेका छन् । एभरेस्टदैनिक बाट ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget