Websoft University
September 2016


सम्पुर्ण अामा–बुबा , दाजु–भाइ तथा दिदीबहिनीहरू, यहाँहरूले चालेका प्रत्येक पाइलामा सफलता मिलाेस । शुभ–बिजयादशमी तथा दीपावली २०७२ सालकाे हार्दिक मंगलमय शुभकामना । साेम दाहाल 

nepal-telecomनेपाल टेलिकमले दशैं, तिहार तथा छठका अबसरमा विभिन्न अफरमार्फत सेवाहरुमा छुट प्रदान गर्ने भएको छ । टेलिकमले विभिन्न सेवाहरुमा फरक-फरक छुटको घोषणा गरेको हो ।

डाटा अफर

जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई डाटा अफर प्रदान गरिएको छ । त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।


सो अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा ५० रूपैयाँमा र २५० एमबीको डाटा १ सय रूपैयाँमा उपलब्ध गराइने छ ।

१०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

नाइट डाटा अफर

जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ । सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रूपैयाँमा ५०० एमबी र ८५ रूपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने छ ।

भ्वाइस कलमा छुट
जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १.३५ रूपैयाँ र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ ।

एसएमएस अफर

हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रूपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ ।

टेलिफोनमा थप सय कल फ्रि

कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवामा २ सय रूपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा असोज र कात्तिक महिनाको मासिक महसुल २ सय रूपैयाँमा थप १ सय लोकल कल उपलब्त्र गराइने छ ।

सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ रूपैयाँमा १०० कल थप गरी २७५ लोकल गर्न सकिने छ ।

भ्यालिडिटी थप गर्ने

दशैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भाेलुम बेस्ड तथा अनलिमिटेड एडीएसएल का ग्राहकहरुलाई समय थप गरिने छ । वाइम्याक्स तथा एफटीटीएच ग्राहकहरुको हकमा डाटा भाेलुम बाँकी भएको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिने छ ।

सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ ।

यस्जीतै एसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपाेस सिस्टमबाट १०० रूपैयाँ र सो भन्दा माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टल्क बोनस उपलब्ध गराइने छ । यी कुनै महसुल दरहरुमा नेपाल सरकारको नियमानुसार लाग्ने कर समावेश गरिएको छैन ।

गाजर त हामीहरु लाई त थाहा नै होला |तर आज हामी ति कुरा को बारेमा चर्चा गर्ने छौ  जो तपाई हरु लाई थाहा नहुन सक्छ|



१.आखा तेज 
दैनिक रुपमा गाजर को सेवन गर्नाले  आखा को लागि राम्रो हुन्छ
गाजर मा अत्याधिक मात्रा मा beta-caroteneहुन्छ जुन 
जुन हाम्रो आन्द्रा मा गयर भिटामिन 'A' मा परिणत हुन्छ जसले 
गर्दा आखा तेज मात्र नभई रतन्धो का बिमारी लाई पनि लाभदाईक 
हुन्छ | 

२.क्यान्सर, हुन बाट बचाऊछ|
गाजर को सेवन गर्ना ले फोक्सो ,रगत मा हुने क्यान्सर को सम्भावना कम हुने 
बैज्ञानि ले प्रमाणित गरेका छन् |गाजर खाने मुसा र नखाने मुसा मा गरियको एक  अध्ययन मा गाजर खाने मुसा भन्दा 
नखाने मुसा मा  ७०% बढी क्यान्सर हुने सम्भावना देखियको थियो 

३.छाला लाई स्वस्थ बनाउछ 
गाजर को सेवनले हाम्रो छाला मा देखिने सुख्खापन  हटाई छाला लाई चम्किलो र सुन्दर देखाउन का साथै  
छाला मा देखिने रोग लाई पनि फाईदाजनक हुन्छ |

४.मुटु स्वस्थ बनाउछ 
गाजर को नियमित सेवन गर्नाले मुटु संबन्धित रोग लाग्न बाट बचाउछ|

५.बलियो र स्वस्थ दात 
गाजर को नियमित सेवन ले हाम्रो दात र गिजा बलियो र स्वस्थ बनाउनु का साथै 
सास गन्हाउने समस्या लाई पनि निर्मुल पार्छ|

जनाचेतना का लागि यो पोस्ट सेयर गर्नुहोला 

केरा
नेपालि समाज मा यो प्रचलित फल हो यस्का विभिन्न फाईदा हरु छन्
तर आज हामि आज यस्को बोक्रा को फाईदा को बारे मा चर्चा गर्ने
छौ |सायद तपाई हरु लाई सुन्दा अचम्म लग्यो होला तर तपाई ले
यो पोस्ट पढिसके पछि केरा को बोक्रा पनि फाल्नु हुदैन होला
किन कि यस्का यति धेरै फाईदा जो छन् |

यस्लाई हामि औसधिको रुपमा प्रयोग गर्न सक्छौ


१.टाउको को दुखाइ :  टाउको को दुखाइ का लागि यो एकदमै ठुलो
औसधि हो खासगरी तपाई कुनै पनि कुरा सोचेर आफ्नो दिमाख
लाई दबाब दिदै हुनुन्छ भनि त्यसको नतिजा स्वरूप तपाई लाई
टाउको को दुखाई सुरु हुन्छ त्यस्तो अवस्था मा केरा को बोक्रा थिचेर
टाउको मा लगाउनाले टाउको को दुखाई हराउने छ|

२.चम्किला दात :केरा बोक्रा थिचेर यस्को  पेस्ट लाई औला मा
लियर दैनिक ५ मिनेट सम्म मालिस गर्नुहोस त्यसो गर्नाले
दात मा चमक आउनेछ |

३ .डन्डीफोर:केरा को बोक्रा लाई थिचेर अनुहार मा लगायर
१० मिनेट राखेमा  डन्डीफोर को समस्या देखि मुक्ति पाइनेछ |

४.मौरी ले टोकेमा :मौरी ले टोकेको ठाउमा  या चोट पटक लागेको
ठाउमा यो लगाउनाले आराम मिल्दछ |

सायद  तपाई हरुलाई खर्बुजा त थाहा नै होला जुन गर्मि को मौसम मा साह्रै लोकप्रिय फल मानिन्छ | जस्ले हाम्रो हाम्रो शारीर
मा पानि को मात्रा पुरा गर्छ र हाम्रो शारीर लाई तन्दुरुस्त राख्न मद्दत गर्छ |यसको फाईदा हेर्ने हो भने यो हामीलाई  अतिआवश्यक
फल हो यस्ले हाम्रो सरिर लाई उर्जा प्रदान गर्छ |खर्बुजा मा "anti-oxidant"पनि समाबेस हुन्छ | बैज्ञानिक  हरु को नया
अनुसन्धान बाट पत्ता लागेको छ कि यस्ले मधुमेह ,क्यान्सर बाट बचाउछ |खर्बुजामा ९२%पानि र ६% चिनी हुन्छ साथै यो भिटामिन
"A" भिटामिन "C"र भिटामिन "B6"को ठुलो स्रोत हो |खर्बुजा को अरु थुप्रै फाइदा छन् जुन तल बुदागत रुपमा दियको छन्| 


१ .ब्लैकहेड्स  बाट छुटकारा पाइन्छ
खर्बुजा को एक टुक्राले ब्लैकहेड्स भयको ठाउमा रगत्नुहोस र केहि समय पछी मनतातो पानि ले धुनुहोस् यो प्रक्रिया दैनिक २ पटक
गर्नाले ्लैकहेड्स निको हुन्छ |



२.रुघाखोकी  बाट टाढा राख्छ
यसको सेवन गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली मजबुत हुन्छ साथै यसमा भिटामिन "C"को मात्रा प्रसस्त हुने हुनाले हामीलाई रुघा खोकी
लाग्न बाट बचाउछ 

३.मुटु बचाउछ
खर्बुजा मा "anti-oxidant"को मात्रा हुने भयकाले मुटु रोग लाई सधै टाढा राक्छ |

४.सधै जवान राख्छ
यसको सेवन गर्नाले शारीर मा "free radicals" को असर हुदैन जस्ले गर्दा हाम्रो शारीर लाई लामो समय सम्म जवान
राख्न मद्दत गर्नुका साथै हाम्रो छाला मा चमक ल्याउदछ |

५.हृदयघात रोक्छ
यस्मा  "lycopene"नामक तत्व हुन्छ जसले "free radicals " को क्षमता कम गरि हृदय घात हुनबाट बचाउछ |
साथै यसले क्यान्सर लाई पनि रोक्छ

६ .मोटोपना
यो एक चिल्लो पाना मुक्त फल हो यदि तपाई "dieting"मा हुनुन्छ भने पनि यो खान सक्नुहुन्छ |चिल्लो पना शुन्य भयकाले
यस्को सेवन गर्दा मोटो पाना बढ्दैन|

आज हामि android मोबाईल को paasword वा pattern lock बिर्सियमा 
मोबाईल लाई कसरि unlock गर्ने भन्ने बारेमा सिक्नेछौ |यो  उपाय एकदमै सरल छ न त
कुनै software नत कम्पुटर को नै जरुरत पर्छ | बस ५ मिनेट समय र थोरै मिहेनत को 
जरुरत छ |




step 1-सबै भन्दा पहिला आफ्नो मोबाईल switch off गर्नुहोस 

step 2-आफ्नो मोबाईल को power on/off button +volume 
- को button एक साथ थिच्नुहोस् |

step 3-केहि सेकेन्ड पछि एक पेज खुल्छ त्यसपछि आफ्नो volume button 
को मद्दत ले "wipe data /factory reset "मा लैजानु होस् र power 
button को मद्दत ले त्यहा ओके गर्नुहोस 

अब केहि समय प्रतिक्षा गर्नु होस् जब तपाइको मोबाईल restart हुन्छ त्यसपछि तपईले 
आफ्नो मोबाईल को प्रयोग गर्न सक्नु हुन्छ 

साबधानी
factory reset सुरु  गरि सके पछी  सिस्टम आफै restart नभयसम्म 
battery ननिकाल्नु होला |

factory reset सुरु गर्न अगाडी आफ्नो battery ५० % भन्दा बढी राख्नु 
होला ताकी बीच मा कुनै समस्या नआओस |

यदि तपाइको android mobile hang भयर चिन्तित हुनुहुन्छ भने तपाई ठिक ठाउमा हुनुन्छ 
आज हामी android mobile को गति कसरि बढाऊने भन्ने बिषय मा चर्चा गर्ने छौ |आज तपाई 
लाई केहि tips बताउने छौ जस्को पालना गर्ना ले तपाई को mobile को गति तिब्र हुनेछ |



1.अनावश्यक app मोबाईल  uninstall गर्नुहोस 
      step1:settings मा जानुहोस् |

      step 2 .application manager मा जानुहोस् |

    step3.download मा जानुहोस्  र अनावश्यक app मा 
     click uninstall गर्नुहोस |


2.समय समय मा ram clear गर्नुहोस् 
      step1.home button click गर्नुहोस |

      step2.बाया button click गर्नुहोस |

      step3.ram को option आउछ त्यसको 
      ठिक तल clear memory भन्ने option हुन्छ 
       त्यहाँ click गर्नुहोस 

3.window animation scale 0.5 sat गर्नुहोस  |
           step1.settings मा जानुहोस् 

           step2.developer option मा जानुहोस् र deplover option on गर्नुहोस् |

            step3.window animation scale 
            transition animation scale 
    animater duration scale 
    लाई 0.5 x मा sat गर्नुहोस |
  
4.deplover option को तल  limite background processes 
stander limite को सट्टा  आफ्नो अनुकुल sat गर्नु होस् |

यति नियमको पालना गर्नु भयो भने mobile hang हुने समस्या देखि केहि हद सम्म 
मुक्ति पाउनु हुनेछ|   

अनार त तपाई लाई थाहा नै होला नेपालि समाज मा यस्लाई सानदार फल को रुपमा लिईन्छ |
साथै स्वाद मा पनि यो लाई राम्रो मानिन्छ |स्वाद संग संगै यस्का विभिन्न फाईदा छन् जस्को बारेमा
आज हामी चर्चा गर्नेछौ |
१.अनारको जुस गर्भवती महिला लाई पिलाउनाले पेटमा भयको बच्चा स्वास्थ्य जन्मिनुका साथै
   वजन कम हुने समस्या देखि मुक्ति पाइदछ |

२.दैनिक रुपमा अनार को सेवन गर्नाले हाम्रो सरिर मा हुने रक्त संचालन प्रक्रिया राम्रो संग हुन्छ

३.अनारको सेवनले ब्रेस्ट , फोक्सोमा हुने क्यान्सर को सम्भावना लाई कम गर्छ

४.अनारको सेवन गर्नाले रगत मा हुने आइरन को मात्रा कम हुन दिदैन र एनिमिया जस्तो बिरामी
    बाट मुक्ति दिलाउछ|


५ .अनार को सेवनले प्रोस्टेट क्यान्सर को सम्भावना  कम हुन्छा

६.दैनिक  रुपमा अनारको सेवन गर्नाले हृदयघात  हुन बाट बचाउछ |

७.अनार को सेवन गर्नाले छाला सम्बन्धी समस्या बाट मुक्ति पाउनु का साथै यसले हाम्रो छाला
    लाई सुन्दर र चम्किलो बनाउदछ |

८.अनारको सेवन गर्ना ले दात र गिजा सम्बन्धी सबै समस्या बाट मुक्ति पाईदछ |

९.दैनिक एक गिलास अनारको जुस पिउनाले  स्मरण शक्ति तेज बनाउदछ  |


१ गजल
मुतकारीबं फौलुन ×४
दियौ जन्म आमा फुटाएर छाती। बचायौ मलाई चुसाएर छाती। ,, पढाएर सन्तान ज्ञानी बनायौ, सँधै हाड घोटी दुखाएर छाती।।
हटाई चुनौती बढाएर हिम्मत ,
चढेकी शिखरमा उठाएर छाती। ,,
दिनै देशमा युद्ध देख्दा डरेर, रुदैं आँसु झार्छिन सुकाएर छाती।

२ गजल
२१२२ २२१२ २१२२ छार=टरो।
लालिफ =सँधै।
फूल रोप्दा मैले सँधै झार हुन्छ।
जित्न भन्दै कुद्दा सँधै हार हुन्छ।१। खीर मात्रै खाँदा सँधै छार हुन्छ।१। गर्छु पूजा हर्दम असल सम्झि साथी , खुद् उही नै मेरो सँधै जार हुन्छ।२। दैव लाग्दा साथी यही जिन्दगीमा,
फूल थुंगो पक्कै सँधै धार हुन्छ।३। लाग्छ आफै खुल्ला धरा भित्र जीवन्, पत्रु भै पृथ्वीको सँधै भार हुन्छ।४। दु:ख पर्दा मन्मा बगे अश्रु धारा, दु:ख नै मायाको सँधै सार हुन्छ ।५।
नोट यो छार शव्दले केहि घडबढ गरेको मा २वाट राखियो।बिज्ञान मा पढेको कारण राखियो।

३ गजल
२१२२ १२१२ २२ बहरे असम मक्बूज मक्तूअ।। जन्मिएँ याँ किरा सरी मान्छे। देख्छु भोकै धरा भरी मान्छे।। धनको मोहमा सँधैं तड्पी, बन्छ स्वार्थी कठै बरी मान्छे । चट्ट छोडी रमाइलो धर्ती, जान्छ एक्लै नदी तरी मान्छे। मर्न आट्दा बगाउँदै आँसु, नाम जप्छन् हरि हरि मान्छे। मेहनतको कमाइ खानै त, खन्छ पृथ्वी मरी मरी मान्छे। मात्र १७ वर्ण १0 ।
४ गजल
बहर मुत्दारीक।
रुन्छ यो जिन्दगी ,सोकको घाउले। मर्छ यो जिन्दगी, रोगको घाउले।। ,, बन्छ मान्छे यहाँ, अर्ध पागल सँधै, कल्पनामा डुबी, सोचको घाउले।। ,, चल्छ हावा हुरी ,भाग्यमा हर्दम, बुद्धको भूमिमा ,द्वन्दको घाउले।। ,, पेटको निम्ति नै ,बाहिरी देशमा, होमियो देह यो ,भोकको घाउले। मर्छ चोला यहीँ भूमिमा एक दिन्, तड्पिदै तड्पिदै लोभको घाउले।।

५ गजल ,
बहर बद्द । हात जोड्दै हरे! भन्छन् यहाँ मान्छे। ईश जप्तै मरे भन्छन् यहाँ मान्छे ।१।
भाग्य खोज्दा जुनेलीमा स्वयं आफ्नै, बिम्ब देख्दा डरे भन्छन् यहाँ मान्छे।२। मेहनतको कमाई हात पारेर, दु:ख सागर तरे भन्छन् यहाँ मान्छे।३।
खान मात्रै मिठो खोजेर पृथ्वीमा, काम साँच्तै भरे भन्छन् यहाँ मान्छे ।४।
युवराज नेपाल ,इलाम हाल ,रियाद साउदी अरेबिया ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget