मोरङ / नेपालमा त्यस्ता सुन्दर ठाँउहरु धेरै छन ,जहाँ प्राकृतिक मनोरम सुन्दरता सँगै मानिसहरु आफनो बह पोख्ने उपयुत्त ठाँउका रुपमा समेत प्रयोग गर्ने गर्छन । प्राकृतिक सुन्दरता सँग लुकामारी खेल्न,मनाङ,मुस्ताङ,पोखरा वा अन्य धेरै त्यस्ता ठाँउहरु नै पुग्नुपर्दैन । बत्ति मुनि सधै अध्याँरो भनेझै हाम्रा सामुन्नेमा पनि त्यस्ता प्राकृतिक सुन्दरताले सजिएका मनमोहक ठाँऊहरु धेरै छन,जसलाई हामी अबलोकन गर्न,प्राकृतिक सुन्दरता सँग लुकामारी खेल्न र बनभोजका लागी प्रयोग गर्न सक्छौँ ।
समग्र पुर्वाञ्चलको कुरा गर्ने हो भने पछिल्लो पुस्ताले पिकनिक खानकै लागि पनि झापाको दोमुखा, जामुनखाडी, सतासीधाम, ईलामको फिक्कल, कन्याम ,सुनसरीको ताल तलैया , धनकुटाको मुलघाट, भेडेटार लगायतका ठाँउलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन । मोरङको बेलबारीमा रहेको बेतना सिमसार लगायत दर्जन बढी ठाऊँहरु प्नि पछिल्लो समय मानिसहरुका लागी आकर्षक गनतब्यका रुपमा बिकास भएका छन । यी हुन मोरङका आकर्षक पर्यटकीय गनतब्य स्थलहरु ।
१.बेतना सिमसार
मोरंग जिल्लाको बेलबारी नगरपालिका वार्ड नम्बर ९ मा महेन्द्र राजमार्ग सँगै जोडिएर रहेको सो सिमसार क्षेत्र यतिखेर पुर्बाञ्चलमै एउटा नमुना गन्तब्यका रुपमा बिकास भईरहेको छ । दुई प्रजातिको बेत बनस्पतिको जंगल नै रहेकोले यस क्षेत्रलाई बेतना सिमसार क्षेत्र भनिएको जानकारहरु बताँउछन । त्यही पलाएको पानिले बर्ष भरिनै भरिरहने ठुला ठुला पोखरीले गर्दा यस क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रको रुपमा राखिएको छ ।
सिमसार क्षेत्रले करिब ६५ बिगाहा क्षेत्रफल ओगटन सफल भएको छ । साईबेरिया देखी आउने चराहरुका साथै पच्चिस प्रजातिका दुर्लभ चराहरु ,बिश्वमै दुर्लभ प्रजातिका कछुवा,बिभिन्न जातका माछा,जीबजन्तु,बनस्पति यस क्षेत्रमा पाईन्छन । संरक्षण समितिका संस्थापक अध्यक्ष स्वर्गीय बिष्णु बस्नेतले केही बर्ष अघि यस सिमसार क्षेत्रभित्र १० मन सम्मको कछुवा समेत रहेको जानकारी दिनुभएको थियो ।
सिमसारमा रहेको पानीले आसपासका क्षेत्रमा रहेको करिब एक हजार बिगाहा जमिन समेत सिचाँइ भईरहेको छ । बि.स २०५७ सालमा बेतौना जलउपभोत्ता समुह गठन गरी पानी उपयोग गर्दै आएका किसानहरु सम्मिलित समुहले समेत सो सिमसार क्षेत्रको संरक्षण गर्दै आएको छ ।यसका अलावा देबीथान,र अमना सिसौली सामुदायिक बन उपभोत्ता समुह र अन्य स्थानीय संघसंस्थाहरु लगायत यस सिमसारको संरक्षणमा निरन्तर जुटिरहेका छन ।
सिमसार क्षेत्रको संरक्षणको लागि चौकिदारको ब्यबस्था गरिएको छ भने आसपासको क्षेत्रमा तार घेराबारा समेत गरिएको छ । बिगत बर्ष भएको बेतना महोत्सबका अबसरमा बेतना पोखरीमा डुँगा समेत राखिएको र हालपनि सञ्चालन भईरहेको छ । यो पनि यहाँको आम्दानीको गतिलो श्रोत बनेको छ यतिखेर । खेतियोग्य जमिन सिँचाईका लागी सिँचाई बिभागको सहयोगमा पक्की बाँध समेत निर्माण गरिएको छ ।
२.राजारानी धिमाल पोखरी
उत्तरी मोरङको पर्यटकिय स्थल राजारानीमा वनभोज खाने र घुम्ने आन्तरिक पर्यटकको चहलपहल वढन थालेको छ। पर्यटकिय स्थल राजारानीमा वनभोज खान आउने को सख्या वढन थालेको हो । मोरङको भोगटेनी मा रहेको राजारानी श्रेत्र मा रहेका पोखरी तथा जंगलमा फुलेका सुनाखरी अवलोकन गर्न पुर्बी मोरङ तथा झापा र सुनसरीका आन्तरिक पर्यटक आउने गरेका छन ।

मोरङको पुरानो वजार लेटाङ वाट ३ किलोे मिटर उत्तर पुर्वमा रहेको राजारानी मा राजा रानि र राजकुमारी पोखरी रहेका छन भने राजारानी मन्दीर समेत रहेको छ । सो श्रेत्रमा ४२ जातका सुृनाखरी रहेका मा ३ जातका सुनाखरी विश्व वाटै लोपउन्मुख रहेका छन । पहाडि श्रेत्रमा रहेको राजारानी बाट झापाको दमक मोरङको उर्लावारी पथरी र लेटाङ बाजार प्रस्ट देखिन्छ।
३.हसिना सिमसार
मोरङको सुन्दरदुलारी नगरपालिका ६ मा अबस्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा बिकास भईरहेको छ । मोरङको सुन्दरपुरस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चौकबाट करिब ६ किलोमिटर उत्तरको यात्रापछी सो स्थानमा पुग्न सकिन्छ । बाह्रैमास बगिरहने जरुवा पानीको मुल समेत रहेको सो सिमसार क्षेत्र करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । बिभिन्न देबीदेबताका मनिदर,बिभिन्न प्रकारका बनस्पति,जिबजन्तु, र पंशुपक्षिहरुको बासस्थान समेत रहेको सो क्षेत्र पर्यटकीय क्षेत्र मात्र हैन बनभोज,अध्यायन,अनुसन्धान र अबलोकन लागी समेत उत्तिकै उपयोगी रहेको छ ।

बनजंगलको शित्तल छहारी,अनि शान्त र मनोरम ठाँऊ प्राकृतिक छटामा बिचरण गर्न चहानेहरुका लागी यो भन्दा उत्तम अर्को कुनै ठाँऊ नै छैन झै आभास हुन्छ सो ठाँऊमा पुग्ने जो कोहीका लागी । केही बर्षदेखी नेपाल पर्यटन बोर्डले समेत सो क्षेत्रका लागी बजेट बिनियोजन गरेर सो ठाँउलाई आर्कषक गन्तब्यका रुपमा बिकास गरिरहेको छ ।
अग्लो होचो भाग डाँडाकाँडा अनि बाह्ैमास बगिरहने पानीले तराईका सम्म भुभागमा रहेपनि पहाडी क्षेत्रको आभाष गराउँछ सो ठाँउले । सो ठाँउमा पुग्नका लागी कच्ची बाटो भएपनि जिबिसको सहयोगमा हसिना सिमसार संरक्षण समिति र स्थानीयको पहलमा सो बाटो पक्की बनाउने तयारी भईरहेको संरक्षण समितिका अध्यक्ष घनश्याम न्यौपानले जानकारी दिनुभयो ।

सो क्षेत्रमा हाल नेपाल पर्यटन बोर्डले १५ लाख रुपैया,जिल्ला बिकास समितिले १६ लाख रकम बिनियोजन गरेपछि एउटा कलात्मक पानी टयाङकी,शान्तिका अग्रदुत बुद्धको जन्मेदेखी मृत्युसम्मका बिभिन्न अबस्था समेटिएको पुर्बाञ्चलकै ठुलो बुद्धको प्रतिमा,र सो क्षेत्रको पोखरीमा डुंगा सञ्चालन गर्ने तयारी समेत भईरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
आकर्षक प्रबेशद्धार,बिभिन्न कलात्मक शान्तिको प्रतिक परेवाको प्रतिमा,बिश्व मानचित्रको प्रतिमा ,बुद्धको प्रतिमा,नागपोखरीमा नागको प्रतिमा लगायत निर्माण भईसकेका बिभिन्न प्रतिमाले त्याँहा पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ ।पछिल्लो समय सो क्षेत्रमा करिब ३ लाख खर्च गरेर निर्माण सम्पन्न गरिएको डाईनोसरको प्रतिमाले सो क्षेत्रमा सुनमाथि सुगन्ध थपेको छ ।
४.बेतेनी ताल
यतिखेर मोरंङको उर्लाबारी नगरपालिका स्थित मंगलबारेमा रहेको बेतेनी ताल पोखरी समेत पर्यटकहरुका लागी आकर्षक गन्तब्यका रुपमा बिकास भईरहेको छ । पुर्बपश्चिम राजमार्गको उर्लाबारी ६ किसानचौक बाट करिब ७ किलोमिटर उत्तर टाँडी जाने ग्राभेल बाटो हुँदै यस बेतेनी तालमा पुग्न सकिन्छ । किसानचौकबाट पाँच किलोमिटर उत्तर तर्फ लागेपछि टाँडी गाबिस जाने बाटो छोडेर पुर्बतर्फ मिक्लुखोला किनार हुँदै बेतेनीको यात्रा गर्न सकिन्छ । मिक्लुखोला किनारदेखी करिब एक किलोमिटर अप्ठयारो बाटो पछि भटेनी गाँउ आँउछ त्यसपछि बेतेनी सम्मको बाटो भने राम्रो रहेको छ ।

जंगलसँगै जोडिएको बेतेनी पोखरी स्थानीय मुलहरुबाट आएको पानीबाट बनेको जलाशय हो । एक दशक अघि स्थानीय चन्द्र बहादुर गौतमले सफाई गरी बेतेनीको पानी आफनो खेतमा उपयोग गरेका थिए । पछि बेतेनी टोलमा बढेको घरधुरीहरुले उनीसँग मिलेर त्याँहाको पानी बाँडफाड गरी उपयोग गर्न थालेका छन । खासै ऐतियहासिक महत्व नभए पनि बेतेनी पोखरीको पानी बाह्ैमास रहने भएकोले यहाँका जीबजन्तु र पशुपक्षिका लागी मात्र नभएर स्थानीयबासीहरुका लागी समेत सिचाँइका लागी भरपर्दो श्रोतका रुपमा रहेको छ ।
यसको आसपासमा रमणीय जंगल क्षेत्र रहेको छ । पोखरीमै टापु जस्तो उठेको भुभागमा बिभिन्न प्रकारका बोटबिरुवाहरु रहेका छन । यहाँ स्थानीय बासीहरुले देबीथान बनाएर पुजा समेत गर्न थालेका छन । ठुलो भुभाग ओगटेको जलाशयको दृश्य मनमोहक समेत रहेको छ । पोखरीको पानी स्थानीयबासीहरुले पालो गरी उपयोग गर्ने गरेका छन । यस क्रममा उनीहरुले बाँध समेत बनाएका छन । मुलबाट जम्मा हुने पानी सिँचाईमा उपयोग हुनेभएपनि घटेको देखिदैन । स्थानीयबासीहरुले यस क्षेत्रको सरसफाईमा समेत बिषेश ध्यान दिएका छन । दुई बिगाह क्षेत्रफलमा फैलिएको बेतेनी ताल र आसपासको जंगल घुम्न आउनेका लागी यो एउटा रमणीय स्थल समेत हो । यसको वरपर बाँध र बोटबिरुवाहरुलाई ब्यबस्थि त गर्न सके अझै यस क्षेत्रको बिकास गर्न सकिन्छ ।
५. झोलुङगे पुल
उत्तरी मोरङको लामिटारमा रहेको झोलुङगे पुल पनि वनभोज खान आउनेको रामो्र गन्तव्य वन्दै आएको छ । लेटाङ बजार बाट २ कि. मि उतरमा रहेको झोलुङे पुलमा प्रत्येक वर्ष सयौको संख्यामा वनभोज खानेको लर्को लाग्ने गर्दछ । नयाँ वर्ष, भ्लेन्टाइन डे वा कुनै नयाँ पर्व र उत्सवमा वनभोज खाने र घुम्न यहा आउने गरेका छन ।लामिटार र लोखरा जोडने यो पुल बाट लेटाङ बजार ˚डानी र वारङीका पहाडी श्रेत्र र मधेसका दृस्य प्रस्ट देख्न सकीन्छ । पानी र दाउरा को प्रार्याप्त ताले पनि वनभोज खान आउने को सख्या वढदै गएको छ।
वारी पारी डाँडा बिचमा चिसाङ खोला को दृश्य अवलोकन गर्न पनि मोरङ विराटनगरका स्कुल बाट वनभोज खान आउने गरेका छन सो स्थानमा । अझ नया वर्षमा त झन आफना जोडी सँग सेल्फी खिच्ने भीड भाड देखिन्छ।
६.रानी बन
उत्तरी मोरङको पर्यटकिय स्थल रानीवन मा वनभोज खाने र नयाँ वर्षमा घृम्न आउने आन्तरिक पर्यटक को चहलपहल बढदै गएको छ । मोरङ लेटाङ ८मा धोवी तुर्के मा रहेको रानीवन श्रेत्रमा वारी पारी पोखरी निमाँण तयार गरीएको पोखरी स्थल र विचमा डाडा छ। विच डाडामा भएको फुलबारी र साल को वोट विरुवा मा लगाएको रङले नै आकर्षण बढाएको छ ।
लेटाङ वाट ४ किलो मिटर पश्चिममा पर्ने सो श्रेत्र लाई नमुना युवा क्लवले संरक्षण र सम्बद्र्धन गदै आएको छ । सो श्रेत्रमा मोरङको भोगटेनी लेटाङ केरावारी लगाएत उत्तरी मोरङको सवै गा.वि.स को वनभोज स्थलको रुपमा विकास हृदै आएको छ। विभिन्न प्रजातिका फुलहरूको अवलोकन गर्न र पर्यटकिय स्थल सम्म मोटर वाटो पुगेको हुनाले पनि आन्तरिक पर्यटक तथा स्कुलका वालवालिका को शैक्षिक भ्रमण स्थल वन्दै गएको छ ।
७. बाघझोडा क्षेत्र
मोरंगको कोशी हरैचा नगरपालिकास्थित खोर्सानेमा रहेको बाघझोडा पोखरी यतिखेर थुप्रै प्राकृतिक सुन्दरता चहानेहरुका लागी गन्तब्य स्थलका रुपमा बिकास भईरहेको छ । महेन्द्र राजमार्गको खोर्साने केराबारी सडकखण्ड अन्र्तगत खोर्साने चौकदेखी ५०० मिटर दक्षिण चारकोशे झाडीको मुखबाट २ सय मिटर पुर्बमा रमणीय बाघझोडा पोखरी अबस्थित रहेको छ ।

बि.स २०३६ साल अधिसम्म चारकोशे बन क्षेत्रमै जोडिएको यो क्षेत्रमा बाघ पाईने भएकोले यस क्षेत्रको नाम नै बाघझोडा रहेको जानकारहरु बताउँछन । त्यस बेला बाक्लो पाईने बाघ बढदो मानबबस्ति र बनबिनाश सँगै दुर्लभ भएको छ । यस ठाँउमा परापुर्बकालमा खेत खन्दा युद्धमा सिपाहीहरुले प्रयोग गर्ने कवज र तरबारहरु समेत फेला परेको इन्द्रपुर गाबिसका निर्बतमान अध्यक्ष तथा बर्तमान सो क्षेत्रका सभाषद चन्द्र बहादुर गुरुङले बताउनभयो । यसरी फेला परेका सामाग्रीहरु हालपनि धनकुटा संग्राहलयमा संरक्षित रुपमा रहेका छन ।
यस क्षेत्रमा प्रबेशका लागी किराँत साकेला थानको प्रबेशद्धार रहेको छ । यहाँ बिश्रामघर,फलैचा,मन्दिर समेत रहेका छन । बाटोमा तारघेरा गरिएपनि संरक्षण अभाबमा पोखरी पुरिएको अबस्थामा रहेको छ । हरेक बर्ष बैशाख १५ मा धिमालहरुको यहाँ मेला लाग्ने गरेको छ । सुकुना सामुदायिक बन र धार्मिक बन पनि पर्ने यो क्षेत्रमा बिगत पाँच बर्षदेखी बनभोजका लागी मानिसहरुले उपयुत्त स्थानका रुपमा रोजिरहेका छन । यति सुन्दर,मनमोहक र प्रशस्त पर्यटकीय सम्भाबना बोकेको मोरङको गुरुयोजना तयार गरी बिकास गर्न सके यो ठाँऊ देखेर सबैले भन्नेछन अहो मोरङका पर्यटकीय स्थल ।