Websoft University

मिर्गौलाको पत्थरी हटाउने घरेलु उपाय

मिर्गौलामा पत्थरी निकै पीडादायी हुन्छ । यसको समस्या भएपछि दैनिक कामकाज गर्न पनि समस्या हुन्छ । यस्तो पीडाबाट कसरी मुक्ति पाउन सकिन्छ । पढौं केही घरेलु उपाय –
कागतीको रस र जैतुनको तेल (ओलिभ आयल)
कागतीको रस र ओलिभ आयलको मिश्रणले गलब्लाडरको पत्थरी हटाउन मद्दत गर्छ । तर, यसको प्रयोग मिर्गौलाको पत्थरी हटाउन पनि गरिन्छ । कागतीको  रसमा पाइने साइट्रिक एसिडले क्याल्सियममा आधारित पत्थरीलाई फुटाउन सहयोग गर्छ र बढ्न पनि दिँदैंन ।
कसरी प्रयोग गर्ने ?
चौथाई कप कागतीको रस लिनुहोस्
त्यति नै मात्रामा ओलिभ आयल मिसाउनुहोस्
यो मिश्रणलाई पिउनुहोस् र त्यसपछि धेरै पानी पिउनुहोस्
यो मिश्रणलाई दिनमा दुई तीनपटक पिउनुस् । यदि पहिलोपटकमा मिर्गौलाको पत्थरी निस्कियो भने यसको थप उपचारको जरुरत पनि पर्दैन
सावधान :  ठूलो आकारको पत्थरी छ भने यो उपाय  त्यति प्रभावकारी हुन सक्दैन । यो उपचार विधि अपनाउनुअघि डाक्टरको सल्लाह लिनुहोला ।
स्याउको रस
स्याउको रसले पनि मिर्गौलाको पत्थरी निकाल्न सहयोग गर्छ । यसले रगत र पिसाबमा क्षारीय प्रभाव पनि पार्छ ।
कसरी प्रयोग गर्ने ?
एक कप तातो पानीमा दुई चम्चा शुद्ध स्याउको रस मिसाउनुस् र एक चम्चा मह मिसाउनुस् । यो मिश्रणलाई दिनमा दुईपटक पिउनुस्
अनार
दैनिक एउटा अनार या एक गिलास अनारको ताजा जुस पिउनुस् । तपाईं सलादको रुपमा पनि अनारको सेवन गर्न सक्नुहुनेछ ।
विकल्पका रुपमा एक चम्चा अनारको बियाँलाई पिसेर पेस्ट बनाउनुस् । यसलाई सूपको रुपमा खानुस् ।
तुलसी
तुलसी स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको सेवनले मिर्गौलाको पत्थरी पिसाबमार्फत बाहिर निस्कन्छ ।
कसरी प्रयोग गर्ने ?
एक चम्चा तुलसीको रसमा मह मिसाउनुस् । ५, ६ महिना दिनहुँ यसको सेवन गर्नुस् । यदि मह मिसाउन चाहनुहुन्न भने दुई तीन पत्ता चपाउन सक्नुहुनेछ । तपाईं तुलसीपत्तालाई चियाको रुपमा पनि पिउन सक्नुहुनेछ । उम्लदैं गरेको पानीमा ५, ६ वटा तुलसीको पात राखेर १० मिनेट उमाल्नुस् र यसमा एक चम्चा मह मिसाउनुस् र चिसो भएपछि पिउनुस् ।
तरबुजा
तरबुजाले मिर्गौलाको पत्थरी हटाउन मद्दत गर्छ  । यसमा क्याल्सियम र म्याग्नेसियम धेरै मात्रामा हुन्छ । यसले पिसाबमा एसिडको स्तरलाई पनि नियन्त्रित राख्छ । यसमा पानी पनि काफीमात्रामा हुन्छ । यसले पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्छ । त्यसैले नियमित रुपमा तरबुजा खानुहोस् ।
एजेन्सीको सहयोगमा ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget