Websoft University

मधुमेह भएकालाई करेला अमृत समान


रेलाको नाम सुन्ने बित्तिकै हाम्रो मुख तितो हुने गर्छ । तर यसको तीतोपनलाई बिर्सनुभयो भने करेलाको गुणले तपाईंको शरीरलाइ नसोचेको फाइदा पुर्याउँछ । करेला खासमा ग्रीष्मकालिन तरकारी हो । यसले शरीरका धेरै बिकारहरुलाई सजिलै फाल्दछ । आर्युवेद औषधि विज्ञानका अनुसार करेलाको सयौं गुणहरुमध्ये मधुमेहका विरामीलाई झन बढि लाभदायक मानिन्छ । करेलामा प्रचुर मात्रामा फोस्फोरस पाइने भएकोले अन्य खानेकुरा सजिलै पचाउन सकिन्छ । र साथसाथै करेलाले भोक पनि बढाउँछ ।

 मधुमेहका विरामीलाई के के फाइदा गर्छ त? 

 १. करेला रगतलाई शुद्ध गर्न सहयोग गर्ने फल भएकोले मधुमेहका विरामीले एक चौथाई करेलाको रसमा त्यतिनै मात्रामा गाजरको रस पिसाएर पिउनाले फाइदा गर्दछ । 

 २. कम्तिमा हप्तामा एक पटक करेलाको तरकारी खानाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ । तर करेलालाई शुद्ध तेलमा तारेर खानाले यस्तो फाइदा गर्दैन ।

 ३. एक मिलि पानीमा ५० ग्राम करेला उमालेर पानाी पिउनाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ । एक महिनासम्म दैनिक चार पटक पिउनाले मधुमेह नियन्त्रणमा आउंछ ।

 ४. १० ग्राम करेलाको रसमा मह मिसाएर दैनिक पिउनाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । 

 ५. २ महिनासम्म २० देखि २५ ग्राम ताजा करेलाको रसमा थोरै नुन मिसाएर खाना खाइसकेपछि पिउने गर्नाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । 

 ६. करेलालाई सुकाएर पिनेर पाउडर चुर्ण बनाई दैनिक ६ ग्राम जति एकपटक सेवा गर्नाले पनि पिशावमा जाने चिनिको मात्रालाई नियन्त्रण गर्छ । 

 ७. १० ग्राम करेलाको रसमा ६ ग्राम तुलसीको पातको रस मिसाएर दैनिक बिहान पिउनाले पनि मधुमेह नियन्त्रणमा राख्न सकिन्छ ।

 ८. सकेसम्म मधुमेहका रोगीले करेलाको सेवन धेरै गर्नु ज्यादै लाभदायक मानिन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget