गजलकार रचना रचुका (५) गजलहरू
१.गजल
चाेट दिनेहरुकाे संख्या हजार भएकाे छ।
ऊ त्यहि पिडा भुल्न गजलकार भएकाे छ।
चलचित्र साेच्दै मायामा नाटक गरेपछि।
खुलेआम प्रेमि बिचमै काटमार भएकाे छ।
पैसालाई सबथोक ठानी इज्जत गुमाउँदा।
निसंकाेच मायाकाे यहाँ व्यापार भएकाे छ।
सहयोगी भाबना स्वार्थमा परिणत हुदा।
बलत्कार र लुटपाट बारम्बार भएकाे छ।
"काम कुराे एकातिर कुम्लाे बाेकि ठिमी जादा"।
'रचना' लाई आफ्नै जीवन भार भएकाे छ।
२.गजल
कैले हुन्छ उनकाे आगमन भन्दै कुरीरहे।
याैटै हुनेछ दुइ धड्कन भन्दै कुरीरहे।
कति केहीकाे अभाव हुनेछैन हेर सानु।
साेचे जस्तै हुन्छ जीवन भन्दै कुरीरहे।
मेहनतका साथमा सङघर्ष गर्दै जादा।
पक्कै पुग्छाै उच्च सदन भन्दै कुरीरहे।
एक अर्कामा भराेसा जबसम्म हन्छ हेर।
चाेखाे प्रेमकाे हुन्न पतन भन्दै कुरीरहे।
सहमतिमा जिन्दगी बिताउन जानेपछि।
कहिल्यै हुन्न रुखाे वचन भन्दै कुरीरहे।
३.गजल
सुटुक्क फसाउने हजार हुन्छन।
दुनियाँ हसाउने हजार हुन्छन।
सकिन बुझ्नलाई आशय यहाँको।
पीडाले डसाउने हजार हुन्छन।
चढाई शिखरमा हानेर झटाराे।
भुइँमा खसाउने हजार हुन्छन।
मायाकाे सागरमा स्वार्थले डुवाई।
दिलमा बसाउने हजार हुन्छ।
मुखमा रामराम गाेजिमा खुकुरी।
राखेर तर्साउने हजार हुन्छन।
४.गजल
उनी प्रति, झुकाव बढ्दै गयो अचेल।
उन्कै मात्र, अभाव बढ्दै गयाे अचेल।
थाहा छैन,याे सम्बन्धले के रुप लेला।
पिरतीकाे, दबाब बढ्दै गयाे अचेल।
कस्तो हाेला,हालखबर के गर्दै हाेलान्।
रात दिन, लगाव बढ्दै गयाे अचेल।
तिमीसँग,भेट्न पर्ने अनि बाेल्न पर्ने।
झनै बानी,खराब बढ्दै गयाे अचेल।
५.गजल
चुडेर फुल फोडिन्छ गमला किन होला।
पाइन्छ चोट मायाको बदला किन होला।
कानुन बिक्रीमा छ न्यायलयको छेउमा।
आँखा चिम्लेरै गरिन्छ फैसला किन होला।
बदमासी मुसाले गर्छ थाहा हुदा हुदै।
भ्यागुतालाई लाइन्छ महला किन होला।
बुलन्द हुँदै गर्दा न्यायको आवाज उता।
आफन्तै बाट दबाइयो गला किन होला।
अचम्म मेरो गजलमा मिल्दै मिल्दैन।
कहिले शेर कहिले मतला किन होला।
रचना रचु
काभ्रेपलान्चोक
हाल ललितपुर