Websoft University
October 2016



–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।
–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।
–दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
–घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ ।
–बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।
–आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।
–आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।
–बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।
 
–पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।
–प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
–भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

–ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।
–तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।
–हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ ।
–केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।
–गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।
–गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।्
–घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।
–खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।
–काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।
—एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।


रेलाको नाम सुन्ने बित्तिकै हाम्रो मुख तितो हुने गर्छ । तर यसको तीतोपनलाई बिर्सनुभयो भने करेलाको गुणले तपाईंको शरीरलाइ नसोचेको फाइदा पुर्याउँछ । करेला खासमा ग्रीष्मकालिन तरकारी हो । यसले शरीरका धेरै बिकारहरुलाई सजिलै फाल्दछ । आर्युवेद औषधि विज्ञानका अनुसार करेलाको सयौं गुणहरुमध्ये मधुमेहका विरामीलाई झन बढि लाभदायक मानिन्छ । करेलामा प्रचुर मात्रामा फोस्फोरस पाइने भएकोले अन्य खानेकुरा सजिलै पचाउन सकिन्छ । र साथसाथै करेलाले भोक पनि बढाउँछ ।

 मधुमेहका विरामीलाई के के फाइदा गर्छ त? 

 १. करेला रगतलाई शुद्ध गर्न सहयोग गर्ने फल भएकोले मधुमेहका विरामीले एक चौथाई करेलाको रसमा त्यतिनै मात्रामा गाजरको रस पिसाएर पिउनाले फाइदा गर्दछ । 

 २. कम्तिमा हप्तामा एक पटक करेलाको तरकारी खानाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ । तर करेलालाई शुद्ध तेलमा तारेर खानाले यस्तो फाइदा गर्दैन ।

 ३. एक मिलि पानीमा ५० ग्राम करेला उमालेर पानाी पिउनाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ । एक महिनासम्म दैनिक चार पटक पिउनाले मधुमेह नियन्त्रणमा आउंछ ।

 ४. १० ग्राम करेलाको रसमा मह मिसाएर दैनिक पिउनाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । 

 ५. २ महिनासम्म २० देखि २५ ग्राम ताजा करेलाको रसमा थोरै नुन मिसाएर खाना खाइसकेपछि पिउने गर्नाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । 

 ६. करेलालाई सुकाएर पिनेर पाउडर चुर्ण बनाई दैनिक ६ ग्राम जति एकपटक सेवा गर्नाले पनि पिशावमा जाने चिनिको मात्रालाई नियन्त्रण गर्छ । 

 ७. १० ग्राम करेलाको रसमा ६ ग्राम तुलसीको पातको रस मिसाएर दैनिक बिहान पिउनाले पनि मधुमेह नियन्त्रणमा राख्न सकिन्छ ।

 ८. सकेसम्म मधुमेहका रोगीले करेलाको सेवन धेरै गर्नु ज्यादै लाभदायक मानिन्छ ।


१.गजल
चाेट दिनेहरुकाे संख्या हजार भएकाे छ।
ऊ त्यहि पिडा भुल्न गजलकार भएकाे छ।

चलचित्र साेच्दै मायामा नाटक गरेपछि।
खुलेआम प्रेमि बिचमै काटमार भएकाे छ।

पैसालाई सबथोक ठानी इज्जत गुमाउँदा।
निसंकाेच मायाकाे यहाँ व्यापार भएकाे छ।

सहयोगी भाबना स्वार्थमा परिणत हुदा।
बलत्कार र लुटपाट बारम्बार भएकाे छ।

"काम कुराे एकातिर कुम्लाे बाेकि ठिमी जादा"।
'रचना' लाई आफ्नै जीवन भार भएकाे छ।

२.गजल
कैले हुन्छ उनकाे आगमन भन्दै कुरीरहे।
याैटै हुनेछ दुइ धड्कन भन्दै कुरीरहे।

कति केहीकाे अभाव हुनेछैन हेर सानु।
साेचे जस्तै हुन्छ जीवन भन्दै कुरीरहे।

मेहनतका साथमा सङघर्ष गर्दै जादा।
पक्कै पुग्छाै उच्च सदन भन्दै कुरीरहे।

एक अर्कामा भराेसा जबसम्म हन्छ हेर।
चाेखाे प्रेमकाे हुन्न पतन भन्दै कुरीरहे।

सहमतिमा जिन्दगी बिताउन जानेपछि।
कहिल्यै हुन्न रुखाे वचन भन्दै कुरीरहे।

३.गजल
सुटुक्क फसाउने हजार हुन्छन।
दुनियाँ हसाउने  हजार हुन्छन।

सकिन बुझ्नलाई आशय यहाँको। 
पीडाले  डसाउने  हजार  हुन्छन।

चढाई  शिखरमा   हानेर  झटाराे। 
भुइँमा  खसाउने   हजार  हुन्छन।

मायाकाे सागरमा स्वार्थले डुवाई।  
दिलमा   बसाउने   हजार   हुन्छ।

मुखमा रामराम गाेजिमा खुकुरी।
राखेर  तर्साउने  हजार  हुन्छन।
             
४.गजल
उनी  प्रति, झुकाव बढ्दै गयो अचेल। 
उन्कै मात्र, अभाव बढ्दै गयाे अचेल।

थाहा छैन,याे सम्बन्धले के रुप लेला।
पिरतीकाे, दबाब  बढ्दै गयाे  अचेल।

कस्तो हाेला,हालखबर के गर्दै हाेलान्।
रात दिन, लगाव  बढ्दै  गयाे  अचेल।

तिमीसँग,भेट्न पर्ने अनि  बाेल्न पर्ने।
झनै बानी,खराब बढ्दै गयाे  अचेल।

५.गजल
चुडेर फुल फोडिन्छ गमला किन होला।
पाइन्छ चोट मायाको बदला किन होला।

कानुन बिक्रीमा छ न्यायलयको छेउमा।
आँखा चिम्लेरै गरिन्छ फैसला किन होला।

बदमासी मुसाले गर्छ थाहा हुदा हुदै।
भ्यागुतालाई लाइन्छ महला किन होला।

बुलन्द हुँदै गर्दा न्यायको आवाज उता।
आफन्तै बाट दबाइयो गला किन होला।

अचम्म मेरो गजलमा मिल्दै मिल्दैन।
कहिले शेर कहिले मतला किन होला।

रचना रचु
काभ्रेपलान्चोक 
हाल ललितपुर


स्याउ स्वास्थ्यको लागी फाईदाजनक रहेको सबैलाई थाहा नै छ । दैनिक रुपमा एउटा स्याउ खाँदा डाक्टरकहाँ गइरहनु पर्दैन । यो भनाईले पनि शरिर स्वस्थ राख्न स्याउको महिमा पुष्टि हुन्छ । स्याउ बोक्रा नफाली खाने फल भएपनि कतिपयले फालेको पाइन्छ । स्याउको बोक्रा र बियाँमा शरिरलाई चाहिने निकै आवश्यक तत्व रहेको हुन्छ ।
स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ । स्याउले मुटुरोगबाट बचाउँछ, पखलाको उपचार गर्छ, कब्जियतको समाधान लगायत अन्य दजनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ । जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार स्याउको बोक्रा स्याउभित्र हुने बिया जस्तै लाभादायक हुन्छ । किनकी यसमा क्यान्सरबिरोधी तत्व हुन्छ ।
स्याउको बोक्रा र वियाँमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले क्यान्सरबाट जोगाउँछ । न्युट्रियसन एन्ड क्यान्सर नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउछ ।
स्याउमा पाइने फ्ल्याभोननोइन नाम गरेको एन्टिअक्सिडेन्टले मुटु पोल्नबाट बचाउँछ । स्याउमा क्युरसिटेन नाम गरेको एउटा तत्व हुन्छ जसले मुटु सुन्निने समस्याबाट पनि जोगाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट जोगाउछ । स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ ।


सम्पुर्ण अामा–बुबा , दाजु–भाइ तथा दिदीबहिनीहरू, यहाँहरूले चालेका प्रत्येक पाइलामा सफलता मिलाेस । शुभ–बिजयादशमी तथा दीपावली २०७३ सालकाे हार्दिक मंगलमय शुभकामना । 
साेम दाहाल 
तथा
सम्पुर्ण दाहाल परिवार

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget