Websoft University
November 2016

गजलकार कृष्ण कार्कीका (५) गजलहरू

१.गजल
म आफ्नै परिभेषमा ,रमाउने गाउँले ठिटो हुँ
ढाका टोपि सिरमा ,सजाँउने गाउँले ठिटो हुँ
परिश्रम गर्छु म ई दुई , पाखुरिमा दम हुन्जेल
हिम्मत हार्दिन ढुङ्गा ,गलाउने गाउँले ठिटो हुँ
दुई दिन सहर बस्दैमा , चिन्न छोडेउ अरे यार
सगै गोठालो 'गै' गाई ,चराउने गाउँले ठिटो हुँ
हरपल प्रयास गरिरहनेछु,कुनै म कलाकार हैन
रोएका ति मनहरुलाई ,हँसाउने गाउँले ठिटो हुँ
नाम मेरो कृष्ण पर्यो ,नभन्नु मलाई मुरलिधर
तर पनि गोपिनीलाई ,नचाउने गाउँले ठिटो हुँ

२.गजल
परेलि झुकाई हेर्छौ ,मेरो यो नजरमा ।।
कसरी माया बस्यो , तिम्रो त्यो अधरमा।।
म आफ्नै गाउँमा , रम्दै रमाएको थिएँ।।
बोलायौ ईसारा गर्दै ,तिमी बस्ने सहरमा।।
तिम्रो नामको पत्र , आएछ अचानक ।।
रगतले पोतिएको , रहेछ त्यो अक्षरमा।।
दुई किनारको मिलन , हुदैन थहाँ छ ।।
सपनाको महल म , बनाउदैछु बगरमा।।
पुकार छु भगवान , सुन्ने छन एक दिन।।
बिस्वास छ मलाई ,मन्दिरको पत्थरमा।।

३.गजल
कोहि हास्लान कोहि रुन्छन म मरेको पल ।
सायद आशुले परेलि धुन्छन म मरेको पल।।
कतै जन्ति कतै मलामी कस्तो रैछ रिती ।
कात्रो संगै बरमाला उन्छन म मरेको पल।।
कस्को बिश्वास गर्नु यहाँ भर छैन कसैको ।
मौका पाए जालझेल बुन्छन म मरेको पल।।
सुखि हुँदा सबै साथ दुखी हुँदा गर्छन हेला ।
हेर घृणा गरि लाश छुन्छन म मरेको पल।।
पापिहरुको भिडछ आज भोलि जाता त्यतै।
गिता पुराण कस्ले सुन्छन म मरेको पल।।

४.गजल
त्यो मुटुबाट यो मुटुलाई पन्छाउन नखोज!!
दुख्छ याहाँ यो मुटुमा कोट्याउन नखोज !
चोटहरु भुलाउन पिउने गर्छु कहिले काही!!
नसामा पनि हिन्न सिके समाउन नखोज !
के अर्थ रहयो आज तिम्रो साहानु भुतिको!!
धोका दिने निस्टुरिले सम्झाउन नखोज !
आशु पनि सुकी सक्यो हास्न पनि बिर्से !!
नाटकिय तिम्रो चरित्रले हसाउन नखोज!
धैर्यको सिमा टुटे थाहा छैन हुन्छ के पो!!
घाईते भाको बाघलाई चलाउन नखोज !

५.गजल
जब दुई धड्कन एक भए प्यार हुनेछ !
बिश्वास गर हाम्रो माया साकार हुनेछ!!
अटुट बन्धन तोड्नलाई कोसिस नगर्नु !
मान्छेको के कुरा दैबपनी लाचार हुनेछ!!
तिम्रो नसा नसामा रगत बनी बगेकोछु !
ढुक्ढुकि नै हाम्रो प्रेमको आधार हुनेछ!!
प्रेमिल बनाउनु छ लेखेर प्रेम काहानी !
एक दिन पक्कै प्रेममय संसार हुनेछ!!
नसालु तिम्रो हेराईले पागल बनायो !
नजरको दोषले जिबनमा हार हुनेछ !!

कृष्ण राज कार्की 
हाल साउदि अरब 
सर्लाही


१.गजल
थोरै मात्र बुझिन्छ आँखाको नानीबाट ।।
सबै थोक बुझिन्छ उसको बानीबाट ।।
घरमा आगो निभाउन आएको दमकल 
आफैं खरानी हुदैछ मेरो जवानीबाट ।।
बिना अनुमती मेरो मुटु चोरि भएथ्यो
मध्यरातमा सुस्तरी आफ्नै सिरानीबाट ।।
बुद्ध भन्दा हिटलर बन्न रहेछ फाइदा
यहि नै बुझेकी छु आज राजधानीबाट ।।
सुतेको मानिस उठाएर गोलि चलायो
उसले सिकेको हुनुपर्छ खानदानीबाट ।।


२.गजल
कालो नबनाई रातो अबिर कस्ले बनायो ??
मेरो मनको मान्छे आखिर कस्ले बनायो ??
दिलमा बस्छन् अनि देउता भन्छन् फेरि
अरे पत्थरको यो मन्दिर कस्ले बनायो||
चामल भन्दा सस्तो नुन भन्दा पनि सस्तो
हामी मजदुरहरुको शरीर कस्ले बनायो ??
पछिपछि कुद्ने सारा थिए हिडाई देखेरै
अचेल मेरो चाललाई स्थिर कस्ले बनायो??
मध्यरातमा मन मुटु चस्स चस्स हुने गरी
भन्नुस् न सपनालाई गम्भीर कस्ले बनायो??


३.गजल
स्वास्थका लागि बाग्मती हानिकारक छ ।।
हत्यारालाई आरती हानिकारक छ ।।
तिमिबाट मैले यत्ती मात्रै सिकेकि छु
मेरा लागि पिरती हानिकारक छ ।।
प्रदेशबाट श्रीमान घर आए जब देखि
श्रीमतिलाई आफ्नै पति हानिकारक छ ।।
प्रेम रोगीहरुलाई प्रेमले नै निको बनाउँछ
त्यसैले भनिन्छ ओखति हानिकारक छ ।।


४.गजल
अस्ति हसाएर गयौ हिजो रुवाएर ।।
गयौ आज मलाई पागल बनाएर ।।
न नयाँ बस्ती बनाउछ सरकारले
सुन्य बनायो पुरानो बस्ती ढलाएर ।।
जानाजानी ठुलो भुल गरेछु मैले
उपहार भनी उसलाई मुटु पठाएर ।।
अचेल मान्छेहरु यसरी प्यार गर्दैछन्
भाग्यमा नहुनेलाई दिलमा सजाएर ।।
म मृत्युको मुखमा हुँदा आफन्तहरु
खुसी साटि रहेछन् उत्सब मनाएर ।।


५.गजल
कसरी हुन्छ होला प्यार तिमी नभए ।।
हुँदै हुदैन मेरो घरबार तिमी नभए ।।
देशकै ताला-चावी छ की तिमीसंग ?
रोकिन्छ मन्त्रीको सवार तिमी नभए ।।
आज राती सपनिमा कसैले भन्यो
के रह्यो र बाँच्ने आधार तिमी नभए ।।
राजनीति गरेर यो कुरा थाहा पाएँ
देश चल्दैन अब सरकार तिमी नभए ।।
बा बाट मेरो अस्मिता लुटिन खोज्दा
कसले गर्लान् खबरदार तिमि नभए ।।


सपना घिमिरे
दर्बुङ्ग गोरखा
हाल काठमाडौ

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget