निमन्त्रणा !!निमन्त्रणा!! निमन्त्रणा !!
गौरी पब्लिक रिलेसन एन पब्लिकेशनको अायोजनामा ऐतिहासिक कृति संयुक्त गजल संग्रह "मोतीका पद्चापहरु " यहीँ भदै १६ गते गजलका पिता स्व. मोतीराम भट्टको १५० अौं जन्म जयन्तीको सुअवसरमा भव्यता साथ हुन गई रहेको विमोचन कार्यक्रममा सम्पुर्ण साहित्यकार , पत्रकार, कला प्रेमी तथा कलाकार मित्रहरूको उपस्थितिका लागि हार्दिक अामन्त्रण गर्दैछौ ।
यस कृतिभित्र ८४ जना सर्जकका रचनाहरु संकलित छन ।सम्पुर्ण सर्जहरुप्रति अाभार प्रकट गर्दछु ।हाम्रो संग्रहलाई स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण सर्जकहरुको साथ र सहयोगले अाज मोतीका पाद्चापहरुले पुर्णता पाएको छ ।यस संग्रहको काममा बेलाबेलामा सल्लाह सुझाव दिई रहनुहुने तमाम अग्रज गुरूहरुमा अाभारी छु ।
समकालीन नेपाली गजलको इतिहासमा एक नया अायाम थप्ने छ भन्नेमा म पुर्ण अाशावादी छु । यसको साथमा वा मोतीका पद्चापहरुको नेतृत्वमा " मितेरी " मुक्तक संग्रह र अरु अग्रज गुरुहरु तथा समकालीन स्रष्टाका कृतिहरुको समेत विमोचन हुदैछ ।१३ भन्दा बढी कृतिहरु एकै दिन विमोचन गर्नु र त्यो पनि हाम्रो संग्रहको नेतृत्वमा यो हाम्रो लागि अहोभाग्यको कुरा हो । अब हामीले हाम्रो कृतिका बारेमा सबै सर्जकहरुले प्रचारप्रसार तथा विमोचनको तयारीमा जुटौ ।अाअाफ्नो ठाउबाट लागौ र विमोचन कार्यक्रम भव्यताका साथ सफल पारौ ।स्वदेशमा रहनु हुने सम्पूर्ण सर्जकहरुले जसरी भए पनि उपस्थित हुनु पर्ने छ ।भने प्रवासमा रहनु हुने सर्जकहरुले अाफ्नो प्रतिनिधि पठाई दिन हुन अनुरोध छ ।विमोचनमा हामीले प्रत्येक सर्जकलाई उपहार स्वरुप पाँचवटा कृति, प्रमाणपत्र र दोसल्ला अोडाउने कार्य रहेको छ ।
सम्पुर्ण सर्जकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
सहयात्री मिडियाहरु -
- खोज अनलाइन मिडिया
- रातो पाटी अनलाइन मिडिया
-उज्यालो चितवन
- सुख शान्ति मासिक पत्रिका
- हातेमालो साहित्य प्रतिष्ठान
- परिवर्तन सरगम साहित्य प्रतिष्ठान
- जनमञ्च साप्ताहिक
- www.redfm.com.np
क्रमशः बाकी मिडियाहरु थपिदै जाने छन ।प्रवासका लागि खोज अनलाइनबाट हुनेछ ।
मिति - २०७३/०५/१६ गते
स्थान- प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौ
प्रमुख अतिथि - डा. कृष्णहरि बराल
समय- दिउसो १२ बजे
सम्पर्क व्यक्ति
निर्दोष महता जय - 9824636028/9749093334
दामोदर ढकाल 9843672387