Websoft University
July 2016






उडुस जस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ ।

एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्‍यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन् ।

उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु:

पुदिना रस : उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।

रातो खुर्सानी: रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् ।

लेवेण्डर: उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पर्फ्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ ।

रोजमेरी : उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् ।

नीलगिरी : नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।

बिनका पात : बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ । तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ । हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ । तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ ।

टी ट्री स्प्रे : टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् । यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ ।

नीमको तेल :नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ ।

थाइम अजवाइनको फूल :थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ । थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन् । थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ ।

स्वीट फ्लेग : स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ । यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ । यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ । यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ । स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस् । त्यस घोललाई आफ्नो घरको कुनाकुना ९उडुस भएको ठाउँ०मा छर्कनुहोस् । उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ ।

हामी सबैलाई नै थाहा छ कसैलाई पनि साङ्ला मन पर्दैन तर हाम्रो वरपर झिगाँ, किराहरु प्रसस्त नै देख्न सकिन्छ । संसारमा सबैभन्दा धेरै प्राणी भनेकै किराहरु हुन् ।

साङ्ला सर्वाहारी किरा हो । साङ्ला जता ततै जहिले पनि देख्न सकिन्छ । साङ्लाले नत गाँउ नै भन्छ नत सहर, नत फोहर नत सफा यो जहा तहीँ पाइने जिव हो ।

तपाई हाम्रो घरका कोठाहरू, भान्सा, बाथरुम लगायतको स्थानमा ओसको मात्रा बढी हुँदा साङ्लाहरूलाई उत्पादन गर्न, हुर्किन, सजिलो हुन्छ । साङ्लाहरूको बास नै भान्सामा खाने कुरा भएको ठाउँमा बढी हुने गर्दछ ।
साङ्ला भगाउन या मार्नका लागि बजारमा थरिथरिका रासायनिक औषधि पाइन्छन् । तर, यी औषधिहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनुहोस् ।
साङ्लाले सताएर हैरान हुनुहुन्छ धन्दा नमान्नुहोस् तेजपत्ताको प्रयोगबाट सबै हजुरको घरबाट भाग्ने छन् ।

साङ्ला भगाउने घरेलु उपाय मध्य तेजपत्ता अत्यन्तै उत्तम उपाय हो । तेजपत्ताको गन्धसँग कक्रोच भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् तुनुन्तै त्यहाँबाट यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।

काँक्रोको नियमित प्रयोगले शरिरलाई आन्तरिक र बाह्यिरुपमा पनि बलियो बनाउँछ । हामीले विशेष गरेर काँक्रोलाई सलादको रुपमा बढि प्रयोग गछौं । हामी मध्ये धेरैलाई काँक्रो स्वास्थ्यका लागि फाईदाजनक छ भन्ने थाहा भएपनि यसले के के, कसरी फाईदा गर्छ भन्ने जानकारी राखेका छैनौँ ।


गर्मीमा शरिरलाई चिसोका लागि पनि काँक्रो खानु निकै लाभदायक मानिन्छ । काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुनुका साथै भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, पोटाशियम र फास्फोरस पाइन्छ ।

नियमित रुपमा काँक्रो खानुका फाईदाहरु यस प्रकार रहेका छन्ः

१. मधुमेहररक्तचाप– काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ ।
काँक्रो खानाले कोलस्ट्रोलको स्तर कम हुन्छ जसले हृदय सम्बन्धि रोग हुने शंङ्का निकै कम हुन्छ । काँक्रोमा फाइबर, पोटाशियम र म्याग्नेशियम पाइने भएकाले रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्दछ । उच्च र न्युत रक्तचाप भएकाहरुका लागि काँक्रो औषधिको रुपमा मानिन्छ ।

२.क्यान्सरबाट बचाउने– काँक्रो नियमित रुपमा खाने गर्नाले क्यान्सरको खतरा कम हुन्छ ।
काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।

३.मुख गनाउँने – काँक्रो नियमित रुपमा सेवन गर्नाले मुख गनाउँने समस्या हुँदैन् ।
काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ ।

४.आँखाका लागि फाइदा– प्रायजसो फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ ।यसले आँखालाई चिसो प्रदान गर्छ । कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ

५.जोर्निको समस्या– काँक्रोमा सिलिशीया नामक तत्व प्रचुर मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ । काँक्रोको नियमित सेवनले युरिक एसिडको स्तर पनि कम गर्न मद्दत गर्छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget