Websoft University

SOM DAHAL

Latest Post


Røméo twít3r vèrsíöñ  is the most famous jornalism and motivational speaker
 in nepal . he has many  fan follwers .
 दिपक प्रकाश अधिकारीको  बारेमा  ।
 उहाले धेरै motivational लेख हरु लेख्नु भएको छ उहाँका लेखहरुले धेरैको जिवनलाइ 
सकरात्मक दिशातिर डोहोर्याएको छ ।

कागती काटेर आफू सुत्ने कोठामा राख्नुस र थाहा पाउनुस त्यसको कमाल




यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जेटिक रहनेछ । यस विधिको दैनिक पालना गर्दा तपाइको दिमागी सन्तुलन पनि निकै सकारात्मक बन्नेछ भने तपाईलाई निकै स्वस्थताको महशुस हुनेछ ।


– बेडरुममा कागती राख्नाले निकै रिफ्रेस महसुस हुन्छ | यसको कारण तपाइको बेडरुममा अन्य कुनैप्रकारको स्प्रेहरु प्रयोग पनि गर्नुपर्दैन।

– बेडरुममा कागती राख्नाले अस्थमा र रुघा-खोकी जस्ता रोगले समस्यामा पार्दैन | साथै तपाइको रातको समयमा समेत स्वास-प्रस्वासमा सहजता मिल्छ |

– काटेर राखिएको स्याउ बिग्रन सक्छ, काटेको स्याउमा कागतिको रस लगाउनाले बिग्रदैन।

– तपाइको हातमा लागेको कुनै बस्तुको दाग मेट्नुछ भने कागतीको रसको सहायता लिन सक्नुहुन्छ।

– कपडामा लगेको दाग पनि कागतीले हटाउन मद्धत गर्छ।

– कार सफा गर्नको लागि कागतीको रसको प्रयोग गर्नुस।

– बोतल वा भाडामा लागेको दाग, दुर्गन्ध वा चिल्लो हटाउनको लागि पानीमा कागती हालेर १ दिन राख्नुस अनि वासिंग पाउडर हालेर सफा गर्नुस।

– छालामा कालो दाग छ भने पनि कागतीको रस दैनिक लगाउँदा दाग हट्छ।

हरियो सागको फाइदा

आँखा तेजिलो बनाउँछ : व्यस्त जीवन, धूवाँ, धूलो तथा धेरै समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने बाध्यताका कारण आँखासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन्छन् । यस्तो वातावरणमा आँखालाई स्वस्थ राख्न हरियो साग नियमित रूपमा खानुपर्छ । यसमा भिटामिन सीका साथै अरू पनि थुप्रै पोषक तत्व हुन्छन् जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ । 

हड्डी बलियो बनाउँछ : हरियो सागमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जुन हड्डीका लागि उपयोगी छ । उमेर बढ्दै गएपछि हड्डीका पनि विभिन्न समस्या देखा पर्दै जान्छन् । त्यसका लागि डाक्टरहरूले क्याल्सियमका औषधि दिन्छन् । नियमित खाने सागमा क्याल्सियम पाइन्छ भने साग खान किन जोड नदिने ? तसर्थ बाल्यकालदेखि नै साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ । 

अनुहारमा ताजापन : हरियो साग जति स्वास्थ्यका दृष्टिले उपयोगी छ उति नै यसले सुन्दरतामा पनि सहयोग पुर्‍याउँछ । एन्टीअक्सिडेन्टको गुणले भरिपूर्ण सागले अनुहारलाई ताजा राख्छ ।क्यान्सरबाट जोगाउँछ : हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पुर्‍याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ । 


आलुको अचार

सामग्री : 
आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६–७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनिया“ ।

विधि :
आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने । का“चो प्याजलाई राउन्ड सेपमा अस्रो छटिने गरी काट्ने । गोलभेंडा त्यही सेपमा काट्ने । हरियो खुर्सानीलाई चिरा पारेर काट्ने । अदुवालाई मसिनो गरी काट्ने ।

त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनिया“ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । भुटेको तोरीको तेल हालेर सबैतिर पस्ने गरी मोल्ने । खानुभन्दा आधा घन्टाअघि फ्रिजमा हाल्ने । यो अचार ढकनीस“ग खा“दा निकै स्वादिष्ट हुन्छ ।


http://bit.ly/2ct7HPD
http://bit.ly/2ct7HPD


कागतीका अदभुत गुणहरु
==================
कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।

१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।

२. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ ।

३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ ।

४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ ।

५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ ।

६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।

७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ ।

८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् ।

९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ ।

१०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ ।

११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ ।

१२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् ।

१३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget